RUMPUM
animated ellipse animated ellipse

निर्वाचन आचार संहिता पालन गरिनुपर्नेमा जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ बैशाख २०७९, शुक्रबार १९:०१
162
Shares
विराटनगर / नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चारकर्मीहरुले निर्वाचन आचार संहिता पालन गर्नुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा आज आयोजना गरेको निर्वाचन आचार संहिता तथा पत्रकार आचार संहिता विषयक अन्र्तक्रिया कार्यक्रममा बौल्दै उपाध्यक्ष विष्टले आचार संहिताका पालना गरि स्वच्छ, निश्पक्ष र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न र समाजको विश्वास आर्जन गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले निर्वाचन केन्द्रको सुरक्षाका लागि आधा घण्टा भित्र सेनाको पहुँच रहेको जानकारी दिदै आवश्यक सुरक्षा व्यवस्थाका लागि प्रदेश १ मा हेलिकप्टर तयारी अवस्थामा रहने बताए । उनले निर्वाचन शान्तिपूर्ण, निश्पक्ष र भयरहित सम्पन्न गर्न सुरक्षाका साथ साथै चार हजार १०० कर्मचारी खट्ने जानकारी दिए ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीले आचार संहिता पालनावाट निर्वाचन धांधली रहित र निश्पक्ष हुने बताए । उनले मिडियाले अहिलेसम्म आचार संहिता उल्लंघनको उजुरी नपरेको चर्चा गर्दै विगतको भन्दा यस पटक दलहरुले आचार संहिता उल्लंघन कार्य न्यून रहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा आयोगका संयोजक लेखनाथ न्यौपानेले निर्वाचन आचार संहितामा पत्रकारको सुरक्षालाई समेट्नु पर्नेमा जोड दिदै सञ्चारकर्मीले निर्वाचनको निश्पक्ष समाचार सम्प्रेषण गर्न आग्रह गरे । महासंघका प्रदेश १ का अध्यक्ष लिलावल्लभ घिमिरे र मोरङ अध्यक्ष सन्जिव खनालले स्थानीय प्रशासनले निर्वाचनको समाचार संकलनका लागि सहज व्यवस्थापन गर्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर