AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राससले समाचारको माध्यमबाट सङ्घीय गणतन्त्रलाई बलियो बनाउने कार्य गरिरहेको : मन्त्री भण्डारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ फाल्गुन २०८१, बुधबार २०:३९
72
Shares
विराटनगर /कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले राससले समाचारको माध्यमबाट सङ्घीय गणतन्त्रकोलाई बलिया बनाउने कार्य गरिरहेको बताएका छन् ।

रासस कोशी प्रदेश कार्यालय विराटनगरद्वारा आयोजित ‘ राससको ६४ औँ वार्षिकोत्सव एवं पुरस्कार समर्पण’ समारोहलाई आज उद्घाटन तथा पुरस्कार वितरण गर्दै उनले राससले सरकारको गुणगान नगरी सत्यतथ्यका आधारमा मुलुकका कुनाकाप्चाको समाचार देशविदेशमा पु¥याउने कार्य प्रति धन्यवाद व्यक्त्त गरे । उनले राससले आफ्नो स्थापनाकालदेखि नै राष्ट्र र जनतालाई सूसुचित गर्ने काम गरिरहेको बताउँदै राससलाई समय सापेक्ष बनाउनु पर्ने बताए ।

मन्त्री भण्डारीले भने, ‘ अहिलेको प्रतिस्पर्धी अवस्थामा राससले आफ्नो सेवालाई विकास र विस्तार गर्नुपर्छ र रासस आम नागरिकको जनजिब्रो बत्रुपर्छ ।’ उनले कोशी प्रदेश सरकार सञ्चार क्षेत्रमा नियन्त्रण गर्ने सोचमा नरहेको भन्दै सञ्चार विधेयक पारित भए सञ्चारकर्मी र सञ्चारगृह लाभान्वित हुने जानकारी दिए ।

सञ्चार विधेयकले प्रदेश स्तरीय सञ्चार प्रतिष्ठान गठन गर्ने परिकल्पना गरेको छ बताउँदै मन्त्री भण्डारीले विधेयकले प्रतिष्ठानलाई पत्रकार उपचार कोष स्थापना गर्न सहज हुने बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थालाई संस्थागत गर्न प्रदेश संरचना सुदृढ एवं बलियो हुनु पर्ने धारणा राख्दै आमनागरिकको इच्छा,आकांक्षा एवं आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री भण्डारीले भने ,‘सञ्चारकर्मीहरुले जनतामा निराशा हटाउन र उत्साह बढाउने ढङ्गले कलम चलाउनु पर्छ ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका महासचिव हेमा चेम्जोङ्गले राससले विगतको भन्दा आफ्ना सेवालाई फराकिलो बनाउँदै लगेको भन्दै रासस राष्ट्रको सम्पति रहेको बताइन् । नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सुशिला पाठकले राससको सक्रियता र समाचारले आमनागरिक सूसुचित हुन पाएकोमा खुशी व्यक्त्त गरिन् ।

रासस कोशी प्रदेश कार्यालयका प्रमुख मोहम्मद सदरुलले साधन र स्रोतको अभावमा पनि राससले आफ्नो सेवालाई विस्तार गरिरहेको जानकारी दिँदै आगामी दिनमा राससले अझ प्रगति गर्ने बताए ।

मन्त्री भण्डारीले रासस केन्द्रीय कार्यालयले यसवर्ष समाचारतर्फ उत्कृष्ट सुनसरी धरानकी स्थानीय समाचारदाता संगीता राईले २० हजार राशिको र फिचर समाचार लेखनतर्फ उत्कृष्ट झापा धुलाबारीका विशेष समाचारदाता चन्द्रकला भण्डारीलाई १० हजार राशिको एवं रासस कर्मचारी संघले स्थापना गरेको वासु रिमाल यात्री स्मृति सात हजार ७७७ राशिको पुरस्कार रासस कोशी प्रदेश कार्यालय प्रमुख मोहम्मद सदरुललाई सम्मानपत्र सहित पुरस्कार वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर