AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

फागुन २१ मा चुनाव हुने अवस्था भए एमाले निर्वाचनमा सहभागी हुन्छ : एमाले सचिव राई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ पुष २०८२, सोमबार १६:३४
189
Shares
विराटनगर / नेकपा एमालेका नवनिर्वाचित सचिव शेरधन राईले फागुन २१ मा चुनाव हुने अवस्था भए एमाले निर्वाचनमा सहभागी हुने बताए ।

एमालेको ११ औं राष्ट्रिय महाधिवेशन पछि पहिलो पटक नवनिर्वाचित केन्द्रीय सदस्य जीवन घिमिरेसहित विराटनगर आएका सचिव राईले पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा सो कुरा बताएका हुन् ।

सरकार चुनाव गराउने दिशामा भने नदेखिएको उनको भनाई छ । सचिव राईले भने, यो सरकार चुनाव गराउन बनेकै होईन ।

कोशी प्रदेश सरकार चाँडै पुनर्गठन हुने सचिव राईले बताएका छन् । यसअघि नै पुनर्गठनको तयारी गरिए पनि महाधिवेशन लगायतका कारणले ढिलार्ई भएकाले अब चाँडै मन्त्रिपरिषद् हेरफेर हुने उनले बताए।

प्रदेश सरकार पुनर्गठनका लागि सत्ता साँझेदार नेपाली कांग्रेससँग एक/दुई दिन भित्रमा छलफल हुने सचिव राईले बताए । एमाले महाधिवेशन पछि एमाले एक ढिक्का भएको उनले बताए। आन्तरिक प्रतिष्पर्धामा दुई समूह देखिए पनि त्यो अब अन्त्य भएको उनले बताए।

महाधिवेशनमा पराजित भएकाहरूलाई पहिलो बैठकबाट समेट्न शुरू भएको बताउँदै सचिव राईले पुस अन्तिममा वस्ने दोश्रो बैठकले ३०१ सदस्यको कार्यविभाजन तोकिने समेत बताए।

विमानस्थलमा सचिव राई, केन्द्रीय सदस्य जीवन घिमिरेलाई नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर