AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरलाई पराजित गर्दै मुजफरपुर इन्डो–नेपाल क्रिकेटको फाइनलमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ माघ २०८२, बुधबार १७:४३
180
Shares
मुजफरपुरविरुद्ध बलिङ गर्दै विराटनगरका बलर आदिल अन्सारी । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर / विराटनगरलाई पराजित गर्दै मुजफरपुर अमन मिश्र मेमोरियल इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

प्रशान्त क्रिकेट क्लव जोगवनीको आयोजनामा जोगवनीमा जारी इन्डो–नेपाल क्रिकेट प्रतियोगिताको आजको पहिलो सेमिफाइनल खेलमा विराटनगरको एग्रोभेट क्रिकेट क्लवलाई १७ रनले पराजित गर्दै मुजफरपुर फाइनलमा प्रवेश गरेको हो ।

टस हारे ब्याटिङ गरेको मुजफरपुरले निर्धारित २१ ओभरमा ८ विकेट गुमाई १ सय ८९ रनको योगफल तयार गरेको थियो । मुजफरपुर प्लेयर अफ द म्याच हर्ष गिरिले ९८ रन बनाउँदा दिवाकर झाले ३७ रनको योगदान दिए । एग्रोभेटका आदिल अन्सारी सर्वाधिक ३ विकेट लिए ।

१ सय ९० रनकोे लक्ष्य पाएको एग्रोभेटले पुरै ओभर खेल्दै ६ विकेटमा १ सय ७२ रन मात्र बनाउँन सक्यो । एग्रोभेटका तिर्थराज दासले ६९ रन बनाउँदा निरज मुखियाले ४१ रनको योगदान दिए । मुजफरपुरका मनिकान्तले २ विकेट लिँदा आदर्श परास्नरले पनि २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर