ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मारवाडी प्रिमियर लिग हुने, पाँच टिमको सहभागि

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ फाल्गुन २०८०, आईतवार १५:२१
351
Shares
विराटनगर / १० औं संस्करणको मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता (एमपिएल) हुने भएको छ ।

फागुन १६ गतेदेखि १९ गतेसम्म विराटनगर २ शंकरपुरको खेलमैदानमा उक्त प्रतियोगिता हुने आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

नेपाल अग्रवाल युवा मञ्चको आयोजना हुने प्रतियोगितामा पाँच वटा टिमको सहभागि हुने भएको छ ।

प्रतियोगितामा नेपाल अग्रवाल युवा मञ्चको केएसबी रोयल्स, महेश्वरी युवा मञ्चको प्रिमियर–११, ओस्वाल युवा मञ्चको अरिहन्त–११, नेपाल मारवाडी ब्राहम्ण युवा मञ्चको पर्शुराम वारियर्स र मेंढ स्वर्णकार युवा मञ्चको सिएसवी टाइटन टिम गरी पाँच टोलीको सहभागिता रहने अध्यक्ष मनिष अग्रवालले जानकारी दिए ।

प्रतियोगितामा विजयी हुने टिमले नगद ६१ हजार रुपैयाँको साथै ट्रफि प्राप्त गर्नेछन् । उपविजेताले २१ ह्जार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करिब ११ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ ।

प्रतियोगिताभरी सबै खेलका उत्कृष्ट व्याटर, बलर, म्यान अफ दी म्याचलाई पनि पुरस्कार दिने आयोजकले जनाएको छ । प्रतियोगिताभरी उत्कृष्ट हुने खेलाडीहरुलाई विशेष पुरस्कार रहेको छ ।

प्रतियोगिताको गत वर्षको विजेता महेश्वरी युवा मञ्चको प्रिमियर ११ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर