animated ellipse animated ellipse

मोरङको ग्रामथान गाउँपालिकामा काङ्ग्रेसका बलराम सरदार बने उम्मेदवार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ कार्तिक २०८१, बिहीबार १३:५०
288
Shares
विराटनगर / आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि नेपाली काङ्ग्रेस मोरङले ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारको रुपमा बलराम सरदारलाई चयन गरेको छ।

नेपाली काङ्ग्रेसका पूर्व महासमिति सदस्य सरदारलाई उम्मेदवार बनाउन जिल्लास्तरीय समितिले निर्णय गरेको हो। नेपाली कांग्रेस मोरङका सूचना संचार एवम प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहले यसबारे जानकारी गराउँदै सरदारको उम्मेदवारी सर्वसम्मत निर्णयको रूपमा रहेको उल्लेख गरेका छन्।

जिल्ला सभापति डिगबहादुर लिम्बूको अध्यक्षतामा बसेको बैठकले सरदारलाई उम्मेदवारको रुपमा अघि सार्ने निर्णयमा पुगेको थियो। सरदार यस अघि पनि मोरङको नेपाली काङ्ग्रेसमा सल्लाहकार सदस्यका रुपमा योगदान गरिसकेका व्यक्ति हुन् र उनको अनुभव तथा संगठनमा रहेको प्रतिवद्धतालाई विचार गरेरै उनलाई उम्मेदवार बनाइएको जनाइएको छ।

नेपाली काङ्ग्रेसबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको लागि १७ जना आकांक्षीहरूको नाममा छलफल भएको थियो। लामो छलफल र बिचार विमर्शपछि बलराम सरदारको नामलाई सर्वसम्मत रुपमा अघि बढाइएको जिल्ला काङ्ग्रेस समितिका सदस्यहरूले बताएका छन्। सरदारको उम्मेदवारीलाई सर्वसम्मत समर्थन गर्ने उद्देश्यले गरिएको यस निर्णयले गाउँपालिका स्तरमा बलियो राजनीतिक सन्देश दिन सक्ने अपेक्षा गरिएको छ। काङ्ग्रेस पार्टीका कतिपय नेताहरूले यो निर्णयले संगठनलाई थप एकताबद्ध बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

नेपाली काङ्ग्रेसको मोरङ जिल्ला समितिले ग्रामथान गाउँपालिकामा पार्टीको मजबुत उपस्थिति निर्माण गर्दै आगामी उपनिर्वाचनमा विजय हासिल गर्ने लक्ष्यका साथ बलराम सरदारको उम्मेदवारी अघि सारेको हो। लामो समयदेखि पार्टीमा विभिन्न भूमिकामा सक्रिय रहँदै आएका सरदारको उम्मेदवारीलाई आगामी चुनावमा गाउँपालिका वासीहरूले पनि समर्थन गर्ने विश्वास गरिएको छ।

सरदारको उम्मेदवारी घोषणा सँगै काङ्ग्रेस कार्यकर्ताहरूले गाउँपालिका क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गर्दै चुनावी प्रचार(प्रसारमा जुट्ने तयारी गरेका छन्।
थ्यग कभलत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर