पूर्वाञ्चल खबर
अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का पन्थीले १६ हजार ८७८ मत प्राप्त भने निकटतम प्रतिस्पर्धी एमालेका बिष्टले १६,३८२ मत प्राप्त गरे।त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४०५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ०७९ मत प्राप्त गरेका छन्।
गुल्मी–२ मा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाको विभिन्न चरणमा अग्रता परिवर्तन हुँदै गए पनि अन्तिम चरणमा भने पन्थीले अग्रता कायम राख्दै विजय सुनिश्चित गरेका हुन्।