खबर पूर्वाञ्चल
सो अवसरमा समन्वय समितिका प्रमुख अजम्वजर राई, उपप्रमुख उषा झाले समितिका पूर्व उपप्रमुख प्रकाशकुमार साह एवं पूर्व सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मानित गरे ।
प्रमुख राईले सभाको उद्घाटन गर्दै पालिकाका नवनिर्वाचित पदाधिकारीहरुले सङ्घीयताको अनुभूति हुने गरि जनताको काम गर्नुपर्नेमा जोड दिए ।
समन्वय समितिका उप प्रमुख झा , पूर्व उपप्रमुख प्रकाशकुमार साह, नेपाल नगरपालिका महासङ्घका प्रदेश संयोजक दिलप्रसाद राई, पूर्व सदस्य वविताकुमारी चौधरी र नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सन्जिव खनालले जिससको अधिकार सुनश्चित भएमा काम गर्न सहज हुने बताए ।
सभामा मोरङका १७ पालिकाका नगर प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षहरुको सहभागिता रहेको छ । समितिको जिल्लाका विगतमा कोराना महामारीको कारण भएको थिएन ।
तपाईको प्रतिक्रिया