AArya
animated ellipse animated ellipse

सहमतीय सरकार बनाउन लागिपरेको छु : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ कार्तिक २०८०, बिहीबार १८:३३
72
Shares
विराटनगर /कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागिपरेको बताएका छन् ।

वर्तमान सरकार विशिष्ट परिस्थतिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको समेत उनले स्पष्ट पारे । कोशी प्रदेशको प्रदेशसभामा सहभागी सबै दलको सहमतिमा सहमतीय सरकार निर्माण अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो ।

नेपाल प्रेस युनियन कोशी प्रदेश र प्रेस युनियन मोरङले आज उनलाई मुख्यमन्त्री कार्यालयमा गरेको बधाई तथा शुभकामना कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्की कोशी प्रदेशका विकासका लागि सबै दल मिलेर सरकार बनाउँदा उपयुक्त हुने बताए ।

कोशी प्रदेशमा देखिएको अहिलेको अवस्थाले पनि सबै दल एक ठाउँमा आउनु जरुरी रहेको उनको भनाइ थियो । मुख्यमन्त्री कार्कीले जसले आफूलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन ग¥यो त्यो गुणलाई आफूले नबिर्सने भन्दै यस अघिका मुख्यमन्त्रीले सहमतीय सरकार बनाउने गरेको अभ्यासलाई पूरा गर्न आफू लागि परेको बताए । उनले कोशी प्रदेशको सरकार चाँडै विस्तार हुने र यो सरकारले केही दिनमै प्रतिस्थापन विधेयक ल्याएर बजेटको समस्या समाधान गर्ने बताए ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको सरकारलाई सफल बनाउने दायित्व सञ्चारकर्मीको रहेको बताए । उनले सरकारले गर्ने काम कार्यान्वयन भए नभएको त्यस्तो अनुगमन गर्ने र सरकारको काम कार्यान्वयनका लागि दबाब दिनेगरि सञ्चारकर्मीलाई कलम चलाउन आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, प्रेस युनियन मोरङका अध्यक्ष वेदराज पौडेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, भीषण राई, मोरङका कार्यबाहक अध्यक्ष तारा आचार्यसहित प्रेस युनियनका पदाधिकारीहरूले मुख्यमन्त्री कार्कीलाई स्वागत सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर