AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्वाचन सुनिश्चत नभए सम्म सडकमा उत्रने– नेता डा. कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ पुष २०७७, सोमबार १८:२८
225
Shares
विराटनगर / नेपाली काग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चुनावको सुनिश्चित्ता नभए सम्म नेपाली काग्रेस सडक सघर्षमा उत्रि रहने बताएका छन् ।

नेपाली काग्रेस मोरङ क्षेत्र नं. ६ ले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता कोइरालाले सवोच्च अदालतले चुनावको मिति तोके पनि सुनिश्चित नभए सम्म सडकमा उत्रि रहने उनले बताएका हुन । ‘विरोध सभा एक दिनको मात्र हुन्छ भनेर नसोचनु होस ।’ उनले भने ‘ सडक नेपाली काग्रेसले लिन्छ र सडक बाटै निर्णय गरेर जान्छौ ।’

नेता कोइरालाले संविधानमा नभएको संसद् विघटन गरेर संविधानलाई घाइते बनाइएको भन्दै उनले सडक बाटै संसद् पुनः स्थापना गर्ने बताए ।

जननेता विपि कोइरालाले कम्युनिष्टसँग आन्दोलन नगर्ने भने पनि गणेशमान,किशुनजी र गिरिजाप्रसादले कम्युनिष्टलाई लोकतान्त्रिक बनाउने प्रयास सफल हुन नसकेको बताए । उनले भने ‘ कुकुरको पुच्छर १२ वर्ष ढुङग्रोमा राख्दा पनि बाङ्गाको बाङ्गै भयो ।’

विरोध साभामा नेता कोइरालाले अलोकतान्त्रि केपी ओलीको साथ दिने माधवकुमार नेपाल र प्रचण्ड पनि मतियार भएको उनले आरोप लगाए । राजस्व अनुसन्धा विभाग,राष्ट्रिय अनुसन्धानलाई केपी ओलीले प्रधानमन्त्रीको मातहतमा ल्याउन मौनता साधेर नेपाल र प्रचण्ड पनि मतियार भएको उनले जिकिर गरे । उनले संसद् विघटनमा तीनै जना बराबर जिम्मेवार भएको आरोप लागाए ।

उनले नेपाली काग्रेस सरकारमा नजाने प्रष्ट पारे । उनले भने ‘केपी ओलीको मतियार बन्न सरकामा जादैनौ । जान पनि हुदैन ।’

नेपाली काग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रोलाले अर्को अधिनायकवादको रुपमा केपितन्त्र आएको बताईन । प्रधानमन्त्री केपी ओलीबाट संविधानको चिरहरण गर्ने काम भएको जिकिर गरिन ।

राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझिले कोरोना जस्तो महामारीको समयमा समेत सरकार भ्रष्टचारमा लिप्त रहेको आरोप लागाए ।

प्रदेश १ सांसद तथा नेपाली काग्रेसका प्रमुख सचेतक केदार कार्कीले संविधान ओलीको पाउमा लगेर बुझाउन नसकिने बताए । उनले संविधानको रक्षाको लागी सडक संघर्षमा उर्लने बताए ।

यसअघि नेपाली काग्रेस मोरङ क्षेत्र नं. ६ले असंवैधानिक संसद् विघटन विरुद्ध विराटनगरको विरेन्द्र सभा गृहअगाडीबाट निकालेको विरोध ¥याली मेहेन्द्र चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर