animated ellipse animated ellipse

विराटनगरको हिमालय रोडमा निर्माणाधीन काल्पनिक ‘एमजी रोड’ खारेजीको माग राख्दै स्थानीय व्यापारीहरुले पसल बन्द गरेर १ घण्टा विरोध

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ पुष २०८०, आईतवार १८:५२
288
Shares
विराटनगर /विराटनगरको हिमालय रोडमा निर्माणाधीन काल्पनिक ‘एमजी रोड’ खारेजीको माग राख्दै स्थानीय व्यापारीहरुले पसल बन्द गरेर १ घण्टा विरोध जनाएका छन् ।

आजदेखि आन्दोलन सुरु गरेका व्यवसायीहरुले एमजी रोड योजना खारेज गर्न र पुरानो हिमालय रोड कायम गर्न माग गरेका छन् । हिमालय रोडलाई विराटनगर महानगरले नयाँ ढाँचामा रुपान्तरण गरेर सडकमै विभिन्न किसिमका संरचना बनाएको छ ।

स्थानीयवासी शंकर ओझाले एमजी रोडमा निर्माण गरिएका पानीको फोहोरा स्थल मच्छडको खानी बनेको, बत्ती बल्न नसकेको भन्दै नाम मात्रको पर्यटकीय स्थलको कुनै काम नरहेको बताए । एमजी रोड बनाउने भनेर गरिएको पार्कको ढाँचाले व्यापार पनि चौपट भएको स्थानीयबासी बताउँछन् ।

विराटनगर महानगरपालिकाको वडा नं ९ स्थित मुख्य व्यापारिक केन्द्र हिमालय रोडमा ६० भन्दा बढी पसल तथा सटर सञ्चालनमा रहेका छन् । संघर्ष समिति समितिका पदाधिकारी र स्थानीयवासीले आज १२ बजेदेखि १ बजेसम्म १ घण्टा पसल बन्द गरेर एमजी रोड खारेज गर्न र पुरानै हिमालय रोड कायम हुने गर्न माग गरेका थिए ।

एमजी रोड खारेज र हिमालय रोड कायम नभएसम्म आन्दोलनलाई निरन्तरता दिने कुमार सापकोटाले बताए ।

नेपाली कांग्रेसको तर्फबाट कोशी प्रदेश सांसद रहेका विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीको कार्यकालमा कला विल्डर्सले १ करोड ८३ हजार २७२ रुँपैयामा योजनाको ठेक्का लिएको थिया । हिमालय रोडलाई भारत सिक्किमको एमजी रोडको अवधारणा दिने योजना थियो ।

त्यसका लागि आवश्यक संरचना निर्माणसमेत गरिएको छ । विराटनगर महानगरपालिकासँग अनुमति लिएर विभिन्न संघ संस्थाहरूले चार्ड पर्वको समय एमजी रोडमा मेला लगाउने गरेका छन् । यस बाहेक विभिन्न राजनीतिक दलले समय समयमा सभा सम्मेलन गर्दा साउण्ड बक्सको प्रदुषण पसल पसलमा पुग्दा व्यापार नै चौपट भएको स्थानीय व्यवसायी बताउँछन् । आज प्रदर्शन गर्दै स्थानयिबासीले महानगर प्रमुखविरुद्ध पनि नाराबाजी समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर