ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा १ सय ५ जना सहित प्रदेश १ मा थपिए २ सय २२ जना कोरोना संक्रमित , संक्रमितको संख्या १९ हजार नाघ्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ कार्तिक २०७७, शनिबार १७:३१
963
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरमा १ सय ५ जना सहित प्रदेश १ मा आज २ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या १९ हजार १ सय ७५ पुगेको छ ।

मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा १ सय २६ थपिएको मध्ये विराटनगरमा मात्र १ सय ५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । विराटनगर बाहेक बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २/२, केराबारी, रंगेली र बेलबारीमा १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १/१ जना, झापाको दमक र विर्तामोडमा ६/६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २–२, हल्दीबारी र शिवसताक्षीमा १/१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । इलामको इलाम, माई र चुलाचुलीमा १/१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ आज ३२ जना डिस्चार्ज भएका छन् । होटल एशियाटिक आईसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्युरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आईसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८ सय ५० पुगेको छ ।

प्रदेश १ मा आज ८ सय ३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ५ महिला र १ सय १७ पुरुषको रिपोट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५९ हजार ७ सय ५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर