animated ellipse animated ellipse

विराटनगरमा बजार पसल खुल्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० जेष्ठ २०७७, मंगलवार २१:१८
27
Shares
विराटनगर / विराटनगर भित्रका बजार पसलहरु सञ्चालनमा आउने भएका छन् । सामाजिक दुरी कायम गरेर हरेक दिन बजार पसल खोल्न दिने निर्णय भएको छ ।

विराटनगरमा वैक तथा वित्तिय संस्थाहरु यसअघिदेखि नै विहान १० देखि दिउँसो २ वजे सम्म सञ्चालनमा रहेका छन् । विराटनगर महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले हरेक दिन १२ बवेसम्म खोल्न दिने निर्णय गरिएको छ । यसैगरी विराटनगरमा रहेका ब्यापार, ब्यवसाय तथा साना व्यवसायीहरुलाई दिनको २ बजेसम्म पसल खोल्नका लागि प्रदेश सरकार र सघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको विराटनगर महानगर विपद व्यवस्थापन समितिका सम्पर्क व्यक्ति राजेन्द्र प्रधानले जानकारी दिए । महानगरपालिकाका प्रमुख भीम पराजुलीको अध्यक्षतामा आज बसेको सरोकारवालाहरुको बैठकले सो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर