animated ellipse animated ellipse

चैत दोस्रो साता ट्रेड एक्स्पो मेला हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२४ फाल्गुन २०७८, मंगलवार १७:५१
297
Shares
मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ हुनेबारे जानकारी गराउँदै आयोजक । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / मोरङ व्यापार संघको आयोजनामा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’ २०२२ हुने भएको छ । स्वदेशी उद्योगको उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले चैत १८ देखि २६ गतेसम्म एक्स्पो हुने भएको हो ।

संघले आज पत्रकार सम्मेलन गर्दै यस वर्ष हुने एक्स्पो फरक खालको आकर्षक र भव्य हुने जानकारी गराएको छ । एक्स्पोमा नयाँ र विद्यमान उत्पादनका सेवाहरु प्रर्दशन गर्ने, स्वदेशी, विदेशी उत्पादनहरु राख्ने र लगानीको सम्भावनाहरुबारै छलफल गर्ने मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । हप्ता दिनसम्म संचालन हुने एक्स्पोमा २ सय ७५ वटा स्टल रहनेछ ।

यस वर्ष हुने एक्स्पोमा विगतको भन्दा फरक रहनेछ । प्रविधियुक्त एसी, कुलरसहितको स्टलमा रहने एक्स्पो संयोजक विकासकुमार बेगवानीले जानकारी दिए । मेलामा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुको अतिरिक्त मुलकभरीका महत्व झल्किने कला संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खनीजन्य, कृषिजन्य तथा औदागिक उत्पादनहरुको प्रर्दशनीका अलवा छिमेकी राष्ट्र भारतलगायत, बंगलादेश, पाकिस्तान आदि देशका उत्पादिन बस्तुहरु रहेनछन् ।

एक्स्पोमा एसीसहितका ८० वटा स्टल रहनेछन् । कुलरसहितको स्टल ६० र नर्मल स्टल १ सय ६ वटा रहने मेला संयोजक बेगवानीले जानकारी दिए । स्टल बुक गरेको रकम फरक– फरक रहेको छ । एसीसहितको एउटा स्टललाई ६० हजार, कलुरसहितको लागि ४० हजार र नर्मल स्टललाई ३० हजार रुपैयाँ रहेको उनले बताए । एक्स्पोमा १० वटा फुट स्टल र आटो मोवाइल्सको २७ वटा रहनेछन् । फुट स्टलको ६० हजार र अटोको ७० हजार रुपैयाँ शुल्क लाग्नेछ ।

एक्स्पोलाई थप आकर्षक बनाउन जिप लाइन, रिभर्स बन्जी, जिप साइकलिङ लगायतका साहसिक खेलकुद र सेल्फी जोन पनि रहनेछ । आन्तरिक र बाह्यि पर्यटक भित्र्याउन आयोजकले यस वर्ष मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सम्पादका नमुनाहरु (लण्डन व्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट वेसिल आदी) मुख्य आकर्षण रहेको संयोजक बेगवानीले बताए । ‘अहिलेसम्मको मेलाको इतिहासमा साहसिक खेलहरु राख्ने यो मेला पहिलो हुनेछ,’ उनले भने, ‘त्यसको साथै ख्यातिप्राप्त राष्ट्रिय र स्थानिय कलाकारहरुबाट सांगीतिक कार्यक्रमहरु हुनेछ ।’

करिब ३ करोड खर्च हुने मेलामा ४० देखि ४५ करोडको कारोबार गर्ने अपेक्षा राखेको मेला संयोजक बेगवानीले बताए । ‘हप्तादिनसम्म संचालन हुने मेलामा प्रदेश १ सहित छिमेकी मुलक भारतसम्मका आन्तरीक र बाह्यि पर्यटकहरु मेलामा आउने अपेक्षा राखेका छौं,’ उनले भने, ‘यस पटकको मेलामा करिब तीन लाख दर्शक आउने अपेक्षा छ । यसअघिको मेलाहरुमा २ लाख आउने गरेका थिए ।’ यस पटक विगत वर्षहरुमा भन्दा फरक र आकर्षक हुने भएकोले मेला आउने दर्शक बढने अनुमान गरिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर