RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप कलेजमा नव्य मोडल युनाइटेड नेशनन्स्को कार्यक्रम

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७९, बिहीबार १८:११
180
Shares
विराटनगर / शिक्षादीप कलेजमा नव्य मोडल युनाइटेड नेशनन्स् (नव्य नेपाल) को कार्यक्रम हुने भएको छ ।

विराटनगरमा पत्रकारहरुसंग बोल्दै नव्य नेपालका अध्यक्ष प्रयास थापा ओझाले विद्यार्थीलाई नेपालको संसदीय अभ्यास र अन्तर्राष्ट्रिय जगतमा भइरहेका राजनैतिक अवधारणका विषयमा जानकारी दिने उदेश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

विद्यार्थीको नेतृत्व विकास हुने, सामूहिक छलफलमा सहभागी हुनुका साथै आफ्नो विचार प्रस्तुत गर्ने क्षमताको विकास हुने अपेक्षा सहित नमूना संसदीय अभ्यासको आयोजना गरिएको उनले बताए । थापा ओझाका अनुसार हिसान र प्याप्सनमा आवद्ध भएका १३ वटा विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने छन् । राजनीति भनेको केहो प्रजातन्त्र केलाई भनिन्छ ? यसको अभ्यास कसरी भइरहेको छ ? किन भोट हाल्ने ? भोट हाल्ने अधिकार कस्तो हो ? भन्ने लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइने छ ।

प्रजातान्त्रीक देशमा अपनाएका मोडलका विषयमा पनि जानकारी दिइने उनले बताए । यस्तै नव्य नेपालका सदस्य सरोवर चौलागाइले तीन दिनसम्म चल्ने कार्यक्रममा उत्सुक युवा पुस्ताका वर्ग लाभान्वित हुने बताए । पाँच बर्षदेखि विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको नव्य नेपालले देशका विभिन्न शैक्षिक संस्थामा गएर विभिन्न कार्यक्रम गर्दै आएको छ । शिक्षदीप कलेजमा शुक्रबार १ वजेवाट कार्यक्रम सुरु हुने आयोजकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर