AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेशका नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०८३, सोमबार १७:१२
36
Shares
विराटनगर / नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीन बुँदे सहमतिसँगै कोशी प्रदेश सरकारमा नेकपा औपचारिक रूपमा सरकारमा सहभागी भएको छ ।

नेकपाबाट गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानून, गीता तिसिनालाई सामाजिक विकास, खिनु लङ्वा लिम्बूलाई पर्यटन, वन तथा वातावरण र जीवन आचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, नेकपाले सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीका रूपमा सरकारमा पठाएको छ ।

सरकार विस्तारसँगै नेकपा एमालेबाट मन्त्री बनेका केही सदस्यहरूको जिम्मेवारीमा हेरफेर गरिएको छ । यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको नयाँ जिम्मेवारी तोकिएको छ । त्यस्तै, उमाकान्त गौतमलाई आन्तरिक मामिलाबाट सरुवा गरी स्वास्थ्य राज्यमन्त्री बनाइएको छ ।

एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप र खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत रहेको छ ।

नवनियुक्त मन्त्रीहरूलाई आजै प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङ्ले पद तथा गोपनीयताको शपथ गराए । सोही अवसरमा राज्यमन्त्रीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराए । नयाँ सत्ता समीकरण र समावेशी मन्त्रिमण्डलले प्रदेश सरकारको कार्यसम्पादनमा थप गति दिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर