खबर पूर्वाञ्चल
निर्वाचन क्षेत्र विकास कोष मार्फत कटहरीमा निर्माण भईरहेका योजनाहरुको मन्त्री घिमिरेले अनुगमन गरेका हुन् । कटहरी १ महेशपुरमा निर्माण भईरहेको लक्ष्मी सामुदायिक भवन र लक्ष्मी मन्दिर, कटहरी २ को किसान मार्ग सडक, कटहरी ३ जिरातटोलको लक्ष्मी मन्दिर, कटहरी सामुदायिक भवन र शैलेश मन्दिरको मन्त्री घिमिरेले अनुगमन गरे । कटहरी सामुदायिक भवन ५० लाख र अन्य योजनाहरु १०÷१० लाखका रहेका छन् ।
कटहरी सामुदायिक भवन ५ कठ्ठा जमिनमा १ हजार व्यक्ति अट्ने क्षमताको रहेको छ । निर्वाचन क्षेत्र विकास कोष मार्फत विनियोजित वजेटमा योजनाहरु निर्माण भईरहेको मन्त्री घिमिरेले बताए । मन्त्री घिमिरेले योजनाहरु निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिए । उनले योजनाहरुको अनुगमनका साथै लकडाउनका कारण प्रभावित भएका स्थानीयहरुहरुको पनि समस्याबारे जानकारी लिए ।
निर्माणाधिन योजनाहरुको मन्त्री घिमिरेसँगै नेकपा प्रदेश कमिटी सदस्य मृत्युन्जय झा लगायतका नेताहरुले पनि अनुगमन गरे ।
तपाईको प्रतिक्रिया