ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

खबर पूर्वाञ्चल, ३ कार्तिक २०७९, बिहीबार १२:४१
72
Shares
ताप्लेजुङ / ताप्लेजुङको मैवाखोला गाउँपालिका-४ मा भएको ट्याक्टर दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो प्रदेश २-०२-०३-००१ त ५६५५ नंम्बरको ट्याक्टर तेलाबुङबाट मैवाखोला-५ काम्साङ फर्कने क्रममा सडकबाट अन्दाजी २५० मिटर तल खसेर दुर्घटना भएको हो ।

ट्याक्टरमा सवार रहेका चालक स्थानीय ३१ बर्षीय पासाङ शेर्पा, उनैका भाई २४ बर्षीय फुर्वा शेर्पा, १७ बर्षीया लाकी शेर्पा र २२ बर्षीया सर्मीला शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५