AArya
RUMPUM
animated ellipse animated ellipse

भाषा, साहित्य र संस्कृतिको विकासमा महानगर लागिपरेको छ ः मेयर कोइराला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० बैशाख २०८०, आईतवार १८:२०
171
Shares
विराटनगर / विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले भाषा, साहित्य र संस्कृतिको विकासमा लागिपरेको बताएका छन् ।

विराटनगरस्थित डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानले आयोजना गरेको स्रष्टा सम्मान समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले भौतिक विकाससँगै भाषा, साहित्य र संस्कृतिको विकासलाई महानगरले जोड दिएको उनको भनाइ थियो । उनले केही समय अगाडि महानगरले नेपाल–भारत साहित्य महोत्सव गरेको समेत स्मरण गराए ।

मेयर कोइरालाले विराटनगर प्रज्ञा प्रतिष्ठानको तयारीमा समेत महानगर लागेको प्रस्ट पारे । “महानगरले चिल्ला सडक, ठूला भवन बनाउनेतर्फ मात्रै ध्यान दिएको छैन, भाषा, साहित्य र संस्कृतिको सँगसँगै विकास गर्ने योजना बनाएको छ” उनले भने, “त्यसका लागि प्रज्ञा प्रतिष्ठान गठन गर्ने तयारी भइरहेको छ । कार्यविधि र नियमावली बनिसकेको छ । आगामी नगरपरिषदमार्फत नियमावली पास गरेर प्रज्ञा प्रतिष्ठान गठन गर्नेछौं । अनि भाषा, साहित्य र संस्कृतिको सबै काम त्यही प्रतिष्ठानले गर्नेछ ।”

आज विराटनगरमा आयोजित कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि साहित्यमा योगदान पु¥याएबापत साहित्यकार प्रा.डा. गोपाल भण्डारी र कवि टीका आत्रेयलाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले भण्डारीलाई २५ हजार राशिको ‘डा. नरेन्द्र चापागाईं स्मृति साहित्य पुरस्कार’ र आत्रेयलाई १५ हजार राशिको ‘डा. नरेन्द्र चापागाईं स्मृति युवा प्रोत्साहन पुरस्कार’ प्रदान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर कोइराला र प्रतिष्ठानकी संरक्षक सरला चापागाईंले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गरे । कार्यक्रममा वरिष्ठ साहित्यकार दधिराज सुवेदी, साहित्यकार विवश पोखरेल, खेम नेपाली, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, महासचिव दिङ्लाली कान्छो, साहित्यकार कविता केशरी, कलाकार राजेश थापा, विराटनगर वडा नम्बर ११ का वडा अध्यक्ष तीर्थेन्द्र न्यौपानेलगायतले नेपाली भाषा र साहित्यको विकासमा नरेन्द्र चापागाईंको योगदान महत्वपूर्ण रहेको बताए ।

प्रतिष्ठानले हरेक वर्ष साहित्यिक क्षेत्रमा योगदान पु¥याउने स्रष्टाहरुलाई नगदसहित सम्मान गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर