खबर पूर्वाञ्चल
मापदण्ड पूरा नगरि संचालन गरेको पाइएपछि शुक्रबार इनरुवा २ मा रहेको जयप्रकाशस जलउद्योग शिलबन्दीगरिएको हो । ‘जेपी’ ब्राण्डको प्रसोधित पानी उत्पादन गर्ने उद्योगले सरसफाइलमा न्युनतम मापदण्ड पनि पुरा गरेको यसअघि पनि अनुगमनको क्रममा दिएको निर्देशन पालना नगरेको पाइएपछि उद्योग शिलबन्दी गरिएको उद्योग वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
यस्तै अनुगमन टोलीले इनरुवा – ४ मा रहेको आर. एन. डिपार्टमेन्ट स्टोरलाई जरिवाना गरेको छ । भन्सार छली गरेर ल्याएको सामानहरु राखिएको र उक्त बस्तुहरुको बिज बिजकन देखाएपछि उपभोक्ता संरक्षण ऐन अनुसार डिपार्टमेन्ट स्टोरलाई १० हजार रुपैयाँ जरिवना गरिएको प्रमुख पोखरेलले बताए ।
पछिल्लो समय खुद्रा पसल, होलसेल र डिपार्टमेन्ट स्टोरहरुमा बिस्कुट, चिनी, भुजिया, कुरकुरेलगायतका खाद्यबस्तु क्यारिङमार्फत भन्सार छली गरि तस्करी गरेर ल्याउने गरेका छन् ।
यसैगरि अनुगमन टोलीले धरान १७मा रहेको सर्जिकल सप्लायर्सलाई पनि २० हजार रुपैयाँ जरिवना गरिएको छ ।
एडी ट्रेड एण्ड सप्लायर्सले भन्सार छली गरेर विभिन्न सामाग्रीहरु ल्याएपछि पाइएपछि जरिवनागरिएको हो ।उक्त सप्लायर्सले ‘अन कल एक्स्ट्रा’ ब्राण्डको रगतमा गृकोजको परीक्षण गर्ने सामाग्रीविक्रीको लागि राखिएको पाइएको प्रमुखपोखरेलले बताए । तर, उक्त सामाग्रीको भारतदेखि भन्सार छली गरेर ल्याएको र बिजबिजक पनि नभएकोले सप्लायर्सलाई कारवाहीको दायारमा ल्याएको हो ।