पूर्वाञ्चल खबर
पहिलो खेलमा सुस्मा कलेज इटहरीले कस्तुरी कलेजलाई ६१ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङ गरेको सुस्मा निर्धारित २० ओभरको खेलमा २ विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । जसमा प्लेयर अफ दि म्याच कृष्ण सिवाकोटीले अविजित ४७ रन बनाउँदा अनिल बस्नेतले पनि अविजित ४३ रनको योगदान दिए । कस्तुरीका यस्वन्त मेहता र अर्पन अधिकारीले समान १-१ विकेट लिए ।
१४०रन को लक्ष पछ्याएको कस्तुरीले पुरै ओभर खेल्दै ७ विकेट गुमाउँदै ७८ रन बनाउन सक्यो । कस्तुरीका यस्वन्त मेहताले २३ रन जोड्दा अमन मिश्राले १५ रनको योगदान दिए । सुस्माका स्वर्णिम कडेल २ विकेट लिँदा जेम्स सेञ्चुरी र सागर डोटेलले पनि २-२ विकेट लिए ।
मौसम प्रतिकुलका कारण दोस्रो खेल २० ओभरबाट घटाएर १६ ओभरमा खेलाइएको थियो ।
विराटनगरको कान्तिपुर कलेजले जनता स्कुल इटहरीलाई २५ रनले पराजित गरेको छ। ले टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित ११ ओभरमा सवै विकेट गुमाइ १ सय १८ रन बनाएको थियो। कान्तिपुरका प्लेयर अफ दि म्याच निश्चल गुप्ताले ४९ रन बनाउँदा मनु दासले २० रन र जयप्रकाश यादवले १९ रनको योगदान दिए । जनताका एसान खानले ४ विकेट लिँद्या अंकित दासले ३ विकेट लिए।
१ सय १९ रन को लक्ष पछ्याएको जनताले सवै विकेट गुमाई ९३ रन मात्र बनाउँन सक्यो । जनताका अंकित दासले २७ रन बनाउँदा प्रशान्त नेपालले १९ रनको योगदान दिए । कान्तिपुरका खेमराज हमाल ले २ विकेट लिँदा अर्विन मण्डल, सन्तोष गुप्ता र रामरतन यादवले १-१ विकेट लिए । पुस २६ गतेसम्म चल्ने प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका गरि १२ कलेजको सहभागिता रहेको छ ।
विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
प्रतियोगिता सुनसरी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग र क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसको सहयोगमा सञ्चालन भएको हो ।
प्रतियोगिताले कोशी प्रदेशका कलेजको विच क्रिकेट प्रतिभालाई उजागर गर्दै खेलकुदको माध्यमबाट शैक्षिक क्षेत्रलाई समेत प्रोत्साहन गर्ने लक्ष्य लिएको आयोजक इटहरी आदर्श जाइन्ट्सले जानकारी दिएको छ ।