कोभिड समन्वय कोष पत्रकार महासंघ मोरङद्धारा स्थापना

खबर पूर्वाञ्चल, ३० बैशाख २०७८, बिहीबार १७:२१

विराटनगर / नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमण भएर उपचारमा समस्या भएका पत्रकारहरूकालागि कोरोना कोभिड समन्वय कोष स्थापना गरेको छ ।

आजदेखि सञ्चालनमा ल्याईएको कोषमा महासंघका सल्लाहकार र कार्यसमितिकातर्फबाट ५१ हजार रुपैयाँ जम्मा गरिएको छ । कोषमा प्रदेश सरकारबाट प्राप्त हुने २ लाख पनि थप गरिने महासंघ अध्यक्ष सञ्जी वखनालले बताए । उनले भने,‘ कोषमा सहयोगकालागि दाताहरूलाई पनि आह्वान गर्दछौं ।’ कोष सञ्चालन तथा व्यवस्थापनकालागि अध्यक्ष खनालको संयोजकत्वमा सल्लाहकार शकंर खरेल, सचिव नेत्र पी अधिकारी र कोषाध्यक्ष अभयकुमार राई सदस्यर हने गरि समिति गठन गरिएको महासंघद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संक्रमणमा परेका सञ्चारकर्मीहरुलाई अस्पतालमा भर्ना तथा प्रदेश र स्थानीय सरकारसँगको समन्वयकालागि महासंघ अध्यक्ष खनालको संयोजकत्वमा कार्य‘¥यापिड रेस्पोन्स टिम’ गठन गरिएको छ । ¥यापिड रेस्पोन्स टिममा सल्लाहकार शंकर खरेल, उपाध्यक्षद्वय मोहन भट्टराई, तारा आचार्य, सचिव नेत्र पी अधिकारी, कोषाध्यक्ष अभयकुमार राईसहित कार्यसमिति सदस्यहरुलाई आवश्यक सहयोगकालागि जिम्मेवारी दिईएको विज्ञप्तिमा जनाईएको छ ।

समाचार संकलन तथा सम्प्रेषणका क्रममा संक्रमित हुने सञ्चारकर्मीहरूलाई तत्काल उपचारको प्रवन्ध मिलाउनकालागि प्रदेश १ सरकार, स्थानीय सरकारहरूको महासंघले ध्यानाकर्षण गराएको छ । कोरोना संक्रमण भई आईसोलेसन केन्द्र र होमआईसोलेसनमा रहेका सञ्चारकर्मीको स्वास्थ्यलाभको कामना गर्दै दैनिक स्थलगत समाचार संकलन/सम्प्रेषणमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सावधानीअपनाउँदै र अत्यावश्यक कामबाहेक घरबाटै समाचार संकलनतथा सम्प्रेषणका लागि महासंघले आग्रह गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५