RUMPUM
animated ellipse animated ellipse

एमालेले निर्वाचनको समिक्षा गर्दै संगठन सुध्रिढिकरणमा लाग्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ पुष २०७९, बुधबार १८:४४
117
Shares
विराटनगर / नेकपा एमाले मोरङले भर्खरै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको समिक्षा गर्दै संगठन सुध्रिढिकरणमा लाग्ने निर्णय गरेको छ ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा बसेको बैठकले निर्वाचनका अघि वा पछि भएका र नेता कार्यकर्ताको भूमिकालगायतका विषय समेटेर आगामी दिनमा ध्यान दिनुपर्ने विषयका सुझावसहित टोल, वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्रको पूर्ण बैठकबाट समिक्षा प्रतिवेदन बुझाउन निर्देशन गरेको छ ।

यस्तै सबै जनसंगठनको जिल्ला कमिटीको बैठकले आफ्नो कार्यक्षेत्रको वस्तुनिष्ठ समिक्षा गरि माघ १५ गतेभित्र सबै तहको समिक्षा प्रतिवेदन जिल्ला पार्टी कार्यालयमा बुझाइसक्ने अनिवार्य व्यवस्था गर्न बैठकले निर्देशन गरेको छ ।

जनसंगठन समन्वय संयन्त्रअन्तर्गत मोरङमा क्रियाशील सबै जनसंगठनको कार्ययोजना निर्माण गर्दै आगामी २०७९ चैत्र मसान्तसम्ममा पालिका र जिल्ला तहमा सम्मेलन र अधिवेशन अनिवार्य गर्नुपर्ने निर्णय बैठकले गरेको छ । यसअन्तर्गत वैधानिक प्रक्रिया पूरा गर्न नसक्ने जनसंगठनहरूलाई सम्बन्धित जनसंगठनको केन्द्रसँग समन्वय गरी अवस्थाबारे अद्यावधिक गर्ने गराउने निर्णय समेत गरेको छ ।

यस्तै एमाले मोरङले पार्टी सदस्यता अनलाइन अद्यावधिक र नवीकरण फागुन मसान्तसम्म अनिवार्य गरिसक्नुपर्ने निर्णय गरेको छ । मोरङको हकमा दुई वर्ष (२०७९ र २०८०) को अभियानको रूपमा अघि बढाउन समेत बैठकले निर्देशन गरेको जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

पार्टीभित्रको कार्यविभाजनलाई पूनः व्यवस्थापन गर्न, विभिन्न पार्टीबाट एमाले प्रवेश गर्नेहरुको उचित व्यवस्थापन गर्न सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, विषयगत विभागहरू र कार्यालय व्यवस्थापनसहितको प्रस्ताव तयार गर्न जिल्लाका पदाधिकारीलाई अख्तियारी दिएको छ ।

४ मंसिरमा सम्पन्न निर्वाचनमा पार्टीका विभिन्न जिम्मेवारीमा रहेर राजीनामा दिने, सार्वजनिक गैरअभिव्यक्ति, बागी, विद्रोहीका रूपमा आफूलाई गैरजिम्मेवार प्रदर्शन गर्ने तर आलोचना र आत्मालोचना नगर्नेको हकमा पार्टी सदस्यता निलम्बन गर्दै माथिल्लो कमिटीलाई सिफारिस गर्ने निर्णय समेत बैठकले गरेको छ ।

जिल्ला प्रतिनिधि परिषद्को बैठक फागुन मसान्तसम्म अनिवार्य गर्ने निर्णय गरेको एमाले मोरङले फागुन ७ गते विराटनगरमा हुने नेपाल राष्ट्रिय महासंघको महाधिवेशन सम्पन्न गर्न आवश्यकताअनुसार सहयोग गर्ने निर्णय गरेको छ । उक्त महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य गुरुप्रसाद बरालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय कमिटी सदस्यहरु जीवन घिमिरे, विनोद ढकाल, रामलाल साह, युवराज बास्कोटा, केन्द्रीय विभाग सदस्य गंगा डाँगी, मालती सुब्बा, ज्येष्ठ कम्युनिष्ट नेता लव प्रधान, पार्टी प्रदेश कमिटी अध्यक्ष तुलसी न्यौपानेलगायत प्रदेश, जिल्ला कमिटीका नेताहरुको उपस्थिती रहेको थियो ।

बैठकले मंसिर ४ को प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्न भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता, नेता कार्यकर्ता, सुरक्षाकर्मी, निर्वाचन आयोगदेखि सबैमा हार्दीक धन्यवाद समेत ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर