खबर पूर्वाञ्चल
आज विराटनगरमा बसेको नेकपा, काँग्रेस, समाजबादी, राप्रपा र राजपा पार्टीका जिल्ला नेताहरुले लकडाउनको समयमा उत्पन्न समस्या समाधान गर्न र कोरोना संक्रमण रोकथाममा सहयोग गर्न सबै एक भएर समाधानकालागि साझा पहल थाल्ने निर्णय गरेका हुन् ।
दलहरुले जिल्लाका सबै तहका आआप्mना पार्टी कमिटीका कार्यकर्ताहरुलाई सर्बदलिय संयन्त्रको साझा धारणा अनुसार एक भएर लकडाउनमा उत्पन्न समस्या समाधान गर्न र संक्रमण रोकथाम र उपचारमा सहयोग गर्न निर्देशन गरेका छन । दलहरुले किसानहरुले उत्पादन गरेको बस्तु, वेचबिखनकालागि सहज बनाउनकालागि आवश्यक व्यवस्थापनमा सहयोग गर्नै खाद्यान्न उद्योगहरु सञ्चालन गराउन सहयोग गर्ने र तकारी जन्य उत्पादनहरुको बिक्री सहज बनाउन सहयोग गर्नै र आयात रोक्न आवाज उठाउने निर्णय गरेका छन् ।
यसैगरि सबै पालिकाहरुमा मल, बिउ र बिषादीको व्यावस्था गराउन सहयोग गर्ने, सिमा क्षेत्रका हरेक पालिकाहरुमा २ हजार क्षमताको क्वारेन्टाइन निर्माण गराउने, पीसीआर परीक्षणको दायरा बढाउन लगाउने दलहरुको योजना बनाएका छन । साथै विदेशमा रहेका नेपालीहरुलाई प्रशासनको समन्वयमा घर फर्काउन प्रदेश र संघिय सरकारसँग आग्रह गर्ने दलहरुले निष्कर्ष निकालेका छन् ।
दलहरुले बाँझो जमिनमा अनिवार्य खेती गर्न लगाउने , समाजिक सदभाव बिगर्न नदिने र बिकास निर्माणका कामहरु सम्पन्न गराउन सहयोग गर्नेमा पनि एक मत भएका छन् । नेकपाका मोरङ अध्यक्ष ऋषिकेश पोखरेल , काँग्रेसका सभापति डिकबहादुर लिम्बु, राजपा अध्यक्ष मोहम्मद कादिर , समाजबादी पार्टीका राजकुमार यादव र राप्रपाका अध्यक्ष माधव आचार्यले आइतबार ईदउल फित्र अंकमाल नगरि घरमै बसेर नवाज आदा गरेर मनाउन मुस्लिम समुदायलाई अनुरोध पनि गरेका छन ।