AArya
animated ellipse animated ellipse

पहिचानवादीलाई खुशी पार्न मुख्यमन्त्रीको शुभकामना सन्देशबाट कोशी प्रदेश नै गायब, करिब दुई घण्टापछि शुभकामना सन्देश सच्चियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ पुष २०८०, आईतवार १८:०२
1.4k
Shares
विराटनगर / जम्बो सचिवालय बनाएर आलोचित कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु लहोसारको शुभकामना वक्तव्यमा ‘कोशी’ नाम उल्लेख नगरेको भन्दै व्यापक आलोचना भएको छ । सचिवालय अहिलेसम्मकै सबैभन्दा ठूलो हो । त्यसमा पनि तीन जना त पत्रकार नै छन् ।

कोशी नामको विषयमा असन्तुष्टि जनाउँदै आएका पहिचानवादीहरु खुशी पार्न कोशी प्रदेशनै नलेखि तमु लहोसारको शुभकामना वक्तव्यमा गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना वक्तव्यमा देब्रेतर्फ ‘मुख्यमन्त्री’ र दाहिनेतर्फ ‘विराटनगर नेपाल’ उल््लेख गरेका छन् । हस्ताक्षर गरेको स्थानमा पनि ‘केदार कार्की, मुख्यमन्त्री’ मात्र लेखिएको छ । वक्तव्यमा उल्लेखित शुभकामना सन्देशहरुमा कोशी शब्द कतै पनि उल्लेख छैन ।

उक्त विषयमा एमाले निकट नेता, कार्यकर्ताहरुले व्यापक आलोचना गरिरहेका छन् । उता, पहिचानवादीहरुले भने मुख्यमन्त्रीको प्रशंसा गरेका छन् । ‘विराटनगर नेपाल’ मात्रै रहेको लेटरप्याडमा प्रदेशको नाम नै गायब देखिएपछि उनी कुन प्रदेशका मुख्यमन्त्री हुन् भन्ने प्रश्न सन्जालमा ओइरियो।

प्रदेश नामकरणका बेला ‘कोशी’ का पक्षमा मतदान गरेका मुख्यमन्त्री कार्कीतिर अर्काे प्रश्न पनि सोझियो, नाम फेर्नुपर्ने आवाज उठाउनेहरुलाई सम्बोधन गर्नै खोजेका हन् ? शुभकामना सन्देशमै गल्ती भएको बताउने मुख्यमन्त्री कार्कीको सचिवालय भने प्रदेशको अहिलेसम्मकै सबैभन्दा ठूलो सचिवालय हो ।

कार्की गत असोज २७ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। उनको सचिवालयले पूर्णता पाएको एक साता पनि बितेको छैन ।

तर, नियुक्त भएका सबैलाई मुख्यमन्त्री कार्कीले आफू नियुक्त भएको भोलिपल्टैको अर्थात असोज २७ देखिबाटैको नियुक्ति पत्र दिएका छन् । पुस पहिलो साता नियुक्त सल्लाहकारहरुको पनि नियुक्ति मिति असोज २८ को छ । उनीहरूले सोही मितिबाट तलब भत्ता बुझिरहेका छन् ।

मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार, मुख्यमन्त्री कार्कीको सचिवालयमा जनसम्पर्क सल्लाहकारका रुपमा लिला बल्लभ घिमिरे नियुक्त भएका छन् । सहसचिवस्तरको जनसम्पर्क सल्लाहकारमा नियुक्त घिमिरे नेपाल पत्रकार महासंघ कोशी प्रदेश समिति अध्यक्ष पनि हुन् ।

मुख्यमन्त्री कार्कीले प्रेस सल्लाहकारमा पत्रकार देवनारायण साहलाई नियुक्त गरेका छन् । इञ्जिनियर खगेन्द्र कर्ण प्राविधिक सल्लाहकारमा नियुक्त भएका छन् । मुख्यमन्त्री कार्कीले प्रमुख स्वकीय सचिवमा कृतिभुषण बस्नेतलाई नियुक्त गरेका छन् ।

मुख्यमन्त्री कार्यालयले शुभकामना सन्देशलाई कोशी नाम रहेको वक्तव्य रिप्लेस गरिसकेको छ । पछिल्लो पटक जारी गरिएको शुभकामना सन्देशमा भने ‘कोशी प्रदेश विराटनगर’ नेपाल उल्लेख गरिएको छ ।

करिब दुई घण्टापछि शुभकामना सन्देश सच्चिएर आएको भएपनि त्यसअघि नै सामाजिक सञ्जालमा पुरानो सन्देश ब्यापक शेयर भइसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर