RUMPUM
animated ellipse animated ellipse

एईईमा ४ जीपए ल्याउने सिरिन भट्टरीलाई बुढानीलकण्ठ स्कुलको सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ असार २०८१, मंगलवार १८:५२
207
Shares
विराटनगर / एसईईको परीक्षामा ४ जीपीए ल्याउने विद्यार्थी सिरिन भट्टराईलाई विराटनगर – २ स्थित बुढानीलकण्ठ अ. मा. वि. ले सम्मान गरेको छ ।

स्कुल परिसरमा आज एक कार्यक्रम आयोजना गरी भट्टराईलाई सम्मान गरेको हो ।
एसईईको परीक्षामा उत्कृष्ट नतिजा ल्याएको भन्दै स्कुलले उनलाई नगद २५ हजार रुपैयाँसहित कदर पत्रले सम्मान गरेको छ । सम्मानित भएकी छात्रा सिरिननले कडा महेनत गर्दा आज सफलता मिलेको बताइन् । शिक्षकहरुले पढाएको कुरा र स्कुल र घरमा मेहनता गरेर अध्ययन गर्दा सफलता प्राप्त हुने उनले बताइन् ।

सम्मानित भएका छात्रा भट्टराईलाई स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । एसईईमा ४ जीपीए ल्याएर स्कुलमा सर्वोत्कृष्ट भएकी भट्टराईले विज्ञान संकाय लिएर विराटनगरस्थित शिक्षादीप कलेजमा अध्ययन गर्ने भएकी छिन् । उनले शिक्षादीप कलेजले लिएको प्रवेश परीक्षामा पनि उनी पहिलो भएकी थिइन् । उनलाई कलेजले पूर्ण छात्रावृत्तीमा अध्ययन गराउने घोषणा गर्दै भव्य रुपमा स्वागत पनि गरिसकेको छ । विराटनगर घर भएकी भट्टराई भविष्यमा चिकित्सक बन्ने बताएकी छिन् ।

बुढानिलकण्ठ स्कुलबाट ८९ जना विद्यार्थीले दिएको एसईई परीक्षामा सिरिन भट्टराईले ४ जीपीए ल्याएर सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको स्कुलका प्रिन्सिपल मणिराज भट्टराईले जानकारी दिए ।

३.६ भन्दा माथि ३७ जना, ३.२ भन्दा माथि ३८ जना र २.।८ भन्दा माथि ल्याउने १४ जना विद्यार्थी रहेको प्रिन्सिपल भट्टराईले बताए । बुढानिलकण्ठ स्कुल गुणस्तरीय शिक्षामा अब्बल सावित भएको छ । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती शिक्षक, शिक्षिकाहरूबाट पठनपाठन हुने गरेको कारण बुढानीलकण्ठ स्कुलको नतिजा प्रत्येक वर्ष उत्कृष्ट आउने गरेको स्कुलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर