AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सामूहिक कुटपिटबाट झापामा युवतीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ असार २०८२, बुधबार १६:१३
198
Shares
विराटनगर / झापाको अर्जुनधारा नगरपालिका–८ शनिश्चरेमा सामूहिक कुटपिटबाट एक २२ वर्षीया युवतीको मृत्यु भएको छ।

मृत्यु हुनेमा अर्जुनधारा–४ भाङवारी घर भई शनिश्चरे क्याम्पस नजिक डेरा गरी बस्दै आएकी गंगा राई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

प्रहरीका अनुसार गंगाको कोठामा उनका श्रीमान् गएको विषयलाई लिएर आरोपित सुस्मिता भुसालले आक्रोशमा आएकी थिइन्। त्यसक्रममा उनले मंगलबार राति ११ः३० बजे गंगालाई कुटपिट गर्न साथीहरू बोलाएकी थिइन्।

सुस्मिता भुसाल (३२) भोजपुरको रामप्रसादराई गाउँपालिका–६ स्थायी घर भई अर्जुनधारा–८ मा डेरा गरी बस्दै आएकी हुन्। उनले सोही ठाउँमा बस्दै आएका अन्य पाँच महिलालाई बोलाएर गंगामाथि सामूहिक कुटपिट गराएकी हुन्। कुटपिटमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेका महिलाहरूमा ५४ वर्षीया मैया श्रेष्ठ, ३८ वर्षीया बबिता विक, २४ वर्षीया मेनुका पाँचकोटे, र ६० वर्षीया नर्बदा सुनदास रहेका छन्।

घाइते गंगालाई प्रारम्भिक उपचारका लागि शनिश्चरेस्थित शंकर अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल पठाइएकोमा आज विहान १ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले कुटपिट घटनामा संलग्न सुस्मिता भुसाल, उनका श्रीमान् रमेश भुसालसहित ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर