बलत्कार प्रयासपछि बालिकाको हत्यामा संलग्न एक बालक पक्राउ

खबर पूर्वाञ्चल, ११ आश्विन २०७७, आईतवार १९:१७

सुनसरी / सुनसरीको बराहक्षेत्र–१ कटहरे स्थितमा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया एक बालिकाको हत्या भएको पुष्टि भएको छ ।

शुक्रबार राति २ बजे १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन । बालिका मिनालाई स्थानीय रञ्जीत राईले बलत्कारको प्रयासपछि हत्या गरेको खुलेको छ । घरमै मृत फेला परेकी बालिका मिना राईलाई बलत्कार प्रयासपछि हत्या भएको प्रहरीले जनाएको छ ।

बलत्कारको प्रयास गर्दा प्रतिकार गरेपछि रञ्जितले मिनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सुनसरी प्रहरीको भनाइ छ । छिमेकीको घरमा धामी बसेको हेर्न आमाबुबासँगै गएकी बालिका निन्द्रा लागेपछि सुत्न एक्लै घर फर्किएकी थिइन् ।

बालिकाको घरमा पसल रहेकोले आरोपी रञ्जित ११ बजे टर्चको ब्याट्री खरिद गर्न पुगेको अनुसन्धाबाट खुलेको छ । पसल बन्द रहेकोमा बालिका घरभित्र एक्लै रहेको देखेपछि मदिरा सेवन गरेका उनले बलत्कार प्रयास गरेको खुलेको छ । त्यसक्रममा बालिकाले प्रतिकार गर्दैै उनको हातमा टोकेपछि बियरको बोत्तलले टाउँकोमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको पाइएको प्रहरीको भनाइ छ । रञ्जितको हातमा मिनाले टोकेको चोट भेटिएको पनि रहेको छ ।

घटनापछि धरानस्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ‘लैला’ नामको तालिमप्राप्त कुकुर लगेर अनुसन्धान गर्दा कुकुर घटनास्थलदेखि रञ्जितको घरसम्म पुगेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । बालिका र रञ्जित छिमेकी मात्र नभएर नाताले मामा–भान्जी पनि रहेको बताइएको छ ।

एक महिनाअघि गाउँमा ट्याक्टर चलाउँदा मान्छे किचेर फरार भएका रञ्जित केही दिनअघि मात्र गाउँमा आएका थिए । प्रहरीले घटनाको अनुसन्धानको लागि रञ्जितसहित अन्य ७ जनालाई पनि नियन्त्रणमा लिएकोमा उनीहरुलाई छाडेको छ ।

बालिकाको हत्यामा राईको संलग्नता पुष्टि भइसकेको सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए । हत्या हुनु केही घण्टाअघि रञ्जितसँग रहेका युवाहरुलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार शुक्रबार राति मिना घर आएपछि ढोकाको ताला नखोली झ्यालबाट छिरेर तल्लो तलाको खाटमा सुतेकी थिइन् । मिना सुतेको देखेपछि रञ्जित पनि सोही झ्यालबाट छिरेर जबरजस्ती गर्न खोजेका थिए ।
उनीहरूबीच विवाद हुँदा रञ्जितले मीनालाई सिसाको बोत्तलले टाउँकोमा प्रहार गरेका दिए ।

आफूले मीनामाथि बोत्तल प्रहार गरी भेस्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरेको अनि आफू आफ्नै घरमा गएर सुतेको रञ्जितले बयान दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५