AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दृष्टिविहीन शर्माले गरे ५१ औं पटक रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ बैशाख २०७७, मंगलवार १५:२७
3
Shares
विराटनगर / दृष्टिविहिन एक पुरुषले ५१ औ पटक रक्तदान गरेका छन् ।

नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) विराटनगर–११ कमिटीद्वारा आज आयोजित रक्तदानमा विराटनगरका ४२ बर्षिय दृष्टिविहिन चिरन्जीवी शर्माले ५१ औ पटक रक्तदान गरेका हुन ।

शर्माले तीन महिना भित्र खेर जाने रगतले समुदायमा रहेका विरामीलाई प्रयोग गर्न पाउँदा ज्यादै नै खुशी लाग्ने गरेको बताउदै मोरङको विभिन्न क्षेत्रमा हुने रक्तदान कार्यक्रममा यसरी नै सहभागी हुने गरेको जानकारी दिए ।

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले रक्तदान दान जीवन दान भएकोले कोभिड–१९ को महामारीमा रक्तदान कम भइरहेको यस समयमा रक्तदान कार्यक्रमको आयोजनाबाट सामाजिक कार्यमा ठूलो कार्य गरेको बताए । उनले अशक्त रोगी, विरामीको सेवाका लागि प्रत्येक तीन÷तीन महिनामा रक्तदान गर्न सवैलाई आग्रह गरे ।

कार्यक्रमका संयोजक ममता प्रधान, वडा अध्यक्ष तीर्थेन्द्र न्यौपाने ,नेकपा जिल्ला सञ्चार प्रमुख मणी दाहाल र यातायात संघका अध्यक्ष राजन कँडेलले समाजसेवा ,गरीव तथा विपन्नको सेवामा पार्टीको ध्यान केन्द्रीत हुनुपर्नेमा जोड दिए । रक्तदानमा महिला र पुरुष गरी ५० जनाले रगत दान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर