AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

एमाले कोशी प्रचार विभागले अग्रजहरुको अभिलेखीकरण गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०८१, बिहीबार १८:३६
72
Shares
विराटनगर / नेकपा एमाले कोशी प्रदेश प्रचार विभागले अग्रजहरुको अभिलेखीकरण गर्ने भएको छ ।

नेकपा एमालेमा लामो समय जीवन व्यतित गरेका तर कुनै पनि अवसर नपाएकाहरुको विषयमा पुस्तक प्रकाशन गर्ने भएको हो ।

एमाले कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको आज विराटनगरमा बसेको बैठकले कोशी प्रदेशका १४ वटै जिल्लाका अग्रजहरुका विषयमा पुस्तक प्रकाशनका लागि जिम्मेवारी पनि प्रदान गरेको कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण तिवारीले जानकारी दिए । उनका अनुसार पुस्तकसँग भिडियो सामग्रीपनि तयार गरिने छ । उनले भने,‘ अग्रज व्यक्तिहरु, लामो समयदेखि पार्टीमा आवद्ध भएको तर हालसम्म कुनैपनि अवसर नपाएकाहरुका विषयमा पुस्तक तयार गरिने छ ।’ उनका अनुसार एउटा जिल्लाबाट कम्तिमा ३÷३ जना छनौट गरिने छ । व्यक्ति छनौट पार्टी जिल्ला कमिटीसँग बसेर तय गरिने प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख तिवारीले बताए ।

प्रदेश प्रचार तथा प्रकाशन विभागले एमाले कोशीको मुखपत्रका रुपमा ‘रातो झण्डा’ प्रकाशन गर्ने निर्णय गरेको छ । मुखपत्र प्रकाशनका लागि पनि जिम्मेवारी प्रदान गरिएको प्रमुख तिवारीले बताए । प्रचार विभागको बैठकले कोशी प्रदेशका सञ्चार संस्थाहरुको अवस्थाबारे अध्ययन गर्ने भएको छ । प्रदेश प्रचार तथा प्रकाशन विभागको बैठकमा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, सचिव राजकुमार भण्डारी, केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य लीलाराज भट्टराईलगायतको सहभागिता रहेको थियो ।

प्रचार विभाग बैठकमा बार्षिक कार्ययोजना, नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन लगायतका विषयमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर