RUMPUM
animated ellipse animated ellipse

समयमै आँखा परिक्षण गराइ दृष्टिविहीन हुनबाट बचाउनुपर्दछ : डा.पोखरेल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ कार्तिक २०७९, मंगलवार १६:२६
99
Shares
विराटनगर / मधुमेह भएका व्यक्तिले समयमै आँखा परिक्षण गराइ दृष्टिविहीन हुनबाट बचाउनुपर्ने विराटनगरमा आयोजित एक कार्यक्रममा चिकित्सकहरुले बताएका छन् ।

गोल्छा आँखा अस्पतालले विराटनगरमा विश्व मधुमेह दिवसको अवसर पारेर मधुमेहले आँखामा पार्ने असर (डाइबेटिक रेटिनोपेथी) बारे संञ्चारकर्मीसँग अन्र्तक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा गोल्छा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ तथा अस्पतालका चिप मेडिकल डाइरेक्टर डा. सुवास पोखरेलले मधुमेहकै कारण आँखामा पनि समस्या देखिने विरामी अस्पताल आउने क्रमम बढेको बताए ।

अस्पतालमा दैनिक ३ सय देखि ३ सय ५० जना आँखाका विरामी आउने मध्ये मधुमेहको कारण आँखामा समस्या आउने विरामी २८ प्रतिशत रहेको उने बताए । मधुमेहकै कारण आँखाको दृष्टि कमजोर हुँदै जाने उनले बताए ।

डा.पोखरेलका अनुसार कपितय बिरामीहरु मधुमेहको पहिचान पछि आँखा परीक्षणका लागि आउने गरेका छन् भने कतिपय बिरामीहरु आँखामा समस्या भएपछि मात्रै उपचारका लागि आँखा अस्पतालमा आउने गरेका छन् ।

‘अझै पनि मधुमेहका बिरामीमा आँखा जाँच गराइराख्नुपर्छ भन्ने जानकारी छैन, मधुमेह जाँच गराउने चिकित्सक तथा स्वास्थ्यकर्मीले आँखाको जाँच गराउनुपर्छ भन्ने जानकारी दिनुपर्छ,’ उनले भने, ‘आँखा पनि जचाउनुर्छ भन्ने जानकारी नहुँदा आँखामा समस्या देखिएपछि मात्र उपचारका लागि आउने बिरामीहरु पनि छन् ।’

अन्तराष्ट्रिय मधुमेह संघका अनुसार विश्वमा ५३७ मिलियन मानिस मधुमेहबाट ग्रसित छन् । मधुमेहकै कारण मानिसहरुमा अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मिर्गौलाले काम नगर्ने अवस्था र मृत्यु समेत हुने गरेको छ ।
हरेक तीन मध्ये एकजना मधुमेहका बिरामीमा आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारले दृष्टीमा क्षति ब्यहोर्नु पर्छ ।

डा.पोखरेलका अनुसार आँखामा देखिने समस्याहरु मध्ये डायवेटिक रेटिनेपेथी दृष्टिविहिन गराउने कारणहरुमध्ये एक प्रमुख कारण हो । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोश्रो प्रकारको मधुमेहमा करिब २ तिहाई बिरामीको आखाँको पर्दा अर्थात रेटिनामा असर परिसकेको हुन्छ ।

मधुमेह भएका व्यक्तिमा आँखा धमिलो हुँदा सम्म रेटिनामा क्षति भइसकेको हुन्छ । आँखामा धेरै असर गरिसकेपछि मात्र थाहा हुदा उपचार पछि पनि राम्रो दृष्टि फर्काउन गाह्रो हुने डा पोखरेलको भनाइ छ ।

उनका अनुसार मधुमेहले आँखाको पर्दाको रक्त कोशिकाहरुमा असर गरि पर्दाको रक्तसंचारमा प्रभाव पार्दछ । जसले गर्दा पर्दाको दृष्टि केन्द्रमा सुजन तथा रक्तश्राव हुनगई दृष्टि कमजोर हुन जान्छ ।

संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना डाइबेटिक रेटिनोपेथीको कारणले हुने गरेको छ । आँखामा मधुमेहले पार्ने असर बारे जानकारी नहुँदा बिरामीहरुले मधुमेह हुँदा समयमै आँखा जाँच नगराएको चिकित्सकहरु बताउँछन् ।

मधुमेहका कारण हुने अन्धोपनबाट बच्न मधुमेह पहिचान भएपछि मधुमेह नियन्त्रण सँगै आँखाको पनि नियमित जाँच र समस्या देखिए समयमै उपचार गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर