AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गाउँको स्वास्थ्य शिविरमा स्थानिय दंग, छालाका विरामी बढी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० असार २०७८, आईतवार १३:१७
423
Shares
विराटनगर / मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँस्थित सरस्वती आधरभूत विद्यालय परिसर भित्र आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा छालाका बढी समस्या भएका विरामी पाइएको छ ।

शिविरमा ७० जनाको स्वास्थ्य परीक्षण गर्दा सबैभन्दा बढी छाला सम्बन्धी समस्या भएका विरामी बढी भेटिएको हो । ‘स्वास्थ्य परीक्षण गरेका मध्ये धरै बालवालिकाहरूमा छालाको समस्या देखियो,’ वरिष्ठ बालरोग विशेषयज्ञ डा. राजेश यादवले भने, ‘छाला पछि मौसमी रूगा खोकीको समस्या भएका विरामी देखा परेका छन् ।’ अहिले झरी परेकोले पनि बालवालिकाहरूको छालामा समस्या देखा परेको उनको भनाई छ । ‘सकेसम्म शरीरलाई सुक्खा राख्ने गर्नुपर्छ । झरी परेको बेलामा भिजिने सम्भावना बढी हुन्छ । त्यसैले भिजेको वा चिसो भएको लुगा लगाएर लामो समय बस्नु हुँदैन । पसिना आइरहने ठाउँमा पाउडरको प्रयोग गर्नु उत्तम हुन्छ ।’

स्वास्थ्य शविरमा ७० जनाको परीक्षण
नेपाल औषधी व्यवसायी संघको ४८ औं स्थापना दिवसको अवसर पारेर ग्रामिण क्षेत्रको गाउँमा निःशुल्क स्वास्थ्य शिविर राखेको हो ।

स्थापना दिवसमा सप्ताव्यापी कार्यक्रम गर्दै आएको संघले समापन स्वास्थ्य शिविर गरेर मनाउने उद्देश्य अनुरूप नेपाल औषधी व्यवसायी संघ मोरङले कानेपोखरी ६ मुलगाउँ रोजेको हो । स्थानिय स्तरमा विशेषज्ञ चिकित्सकको उपस्थितमा स्वास्थ्य जाँच र औषधी पाएपछि विरामी र आफन्त दंग देखिन्थे ।

बालरोग विशेषज्ञ चित्किस डा. राजेश यादवले ७० जना बालवालिकाहरूको स्वास्थ्य परीक्षण गरेपछि आवश्यक पर्ने औषधी निःशुल्क वितरण गरेको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । संघको स्थापना दिवसमा यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गरिसकेको छ ।

स्थापना दिवसको समापनको दिन स्वास्थ्य शिविरसँगै सरस्वती आधरभूत विद्यालयलाई स्वास्थ्य र स्टेशनरी सामाग्री पनि वितरण गरिएको छ । संघका अध्यक्ष लक्ष्मी तिम्सिनासहितका पदाधिकारीहरूले स्कूलका प्रधानध्यापक चन्द्र मगर र व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराईलीलाई स्वास्थ्य तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरेका थिए । सामाजिक उत्तरदायित्व अन्र्गतर रहेर संघको स्थापना दिवसको विभिन्न सामाजिक कार्यहरू पनि गरि मनाएको अध्यक्ष तिम्सिनाले बताए ।

कार्यक्रममको प्रमुख अतिथि कानेपोखरी गाउँपालिका – ६ का वडाअध्यक्ष खड्ग बस्नतेले स्वास्थ्यको पहुचभन्दा बाहिर रहका ग्रामिण बस्तीका विरामीहरूलाई स्थानिय स्तरमा यस्ता उपचारले लाभ प्राप्त मिल्ने बताए । आगमी दिनमा पनि यस्ता सेवामुलक कार्यक्रमलाई निरन्तारता दिनुपर्ने बताए ।

कार्यक्रम नेपाल औषधी व्यवसायी संघ प्रदेश १ का सदस्य नेत्र निरौला, विद्यालयका प्रअ चन्द्र मगर,व्यवस्थापनसमितका अध्यक्ष खगेन्द्र बराईलीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर