animated ellipse animated ellipse

भारत लैजान लागेको ६ जना बालकको उद्धार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ भाद्र २०८१, बुधबार १९:४५
108
Shares
विराटनगर / भारत लैजान लागेको ६ जना बालकको सीमा क्षेत्रबाट उद्धार गरिएको छ ।

भारतको लखनउमा खेतबारीमा काम लगाउने भन्दै बालश्रमिकको रुपमा लैजान लागेको अवस्थामा सुनसरीको इटहरी घर भएका ६ जना बालकहरुलाई साना हात नामक संस्थाले आज दिउँसो १२ बजे नेपाल –भारत सीमा नाका विराटनगरको २ नम्बर ढाटबाट उद्धार गरेको हो ।

विभिन्न प्रोलोभन देखाएर उनीहरुलाई इटहरीका श्यामकुमार मुसहरले लिएर जाने क्रममा उद्धार गरिएको साना हात नामक संस्थाका प्रबन्धक विवश श्रेष्ठले जानकारी दिए । उद्धार गरिएको बालवालिकाहरुलाई मासिक ५ देखि ६ हजार रुपैयाँ भारु रुपैयाँ हुने बताउँदै भारत लिएर जान लागेको बेला उद्धार गरिएको उनले बताए । उद्धार गरिएको बालवालिकाहरुलाई इलका प्रहरी कार्यालय रानीमा बुझाएको छ । उनीहरुलाई अभिभावक बोलाएर आजनै जिम्मा लगाएको इलाका प्रहरी प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

मानव बेचविखन क्षेत्रमा काम गर्दै आइरहेको साना हात नामक संस्थाले चालु आर्थिक वर्षको ११ महिनामा १८१ जना महिला तथा बालवालिकाहरुको उद्धार गरेको छ ।

विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको नेपाल भारत मोरङको सीमा नाकाबाट चालु आर्थिक वर्षको जेठसम्म सो संख्यामा महिला तथा बालवालिकाहरुलाई उद्धार गरेको हो । साना हात विराटनगरका शाखा प्रबन्धक विवश श्रेष्ठका अनुसार रेल स्टेशनबाट १६ जना, जोगबनी बसपर्काबाट २० जना, २ नम्बर ढाटबाट १४५ जना उद्धार गरिएको छ ।

उद्धार गरिएको महिलाहरुलाई रोजगारीको प्रालोभनमा पारी भारत लैजाने सबैभन्दा बढी रहेका छन् । ५९ जना रोजगारीको प्रोलोभनमा पारी भारत लैजाने क्रममा महिलाहरुलाई उद्धार गरिएको शाखा प्रवन्धक श्रेष्ठले जानकारी दिए । विवाहको बाहानामा भारत लैजाने क्रममा ५४ जना, भारत हुँदै तेस्रो मुलुक जाने १९ जना, बालश्रमको निम्ति ओसारपसारको लागि २४ जना, घुम्न लैजाने बाहानामा १८ जना, यौन शोषणमा परेको ६ जनालाई उद्धार गरिएको साना हातहरु नेपालको अभिलेखमा देखिन्छ ।

दिउँसो १० देखि ६ बजेसम्म सबैभन्दा बढी १०८ जना उद्धार गरिएको छ । ‘दिउँसोको समयमा बढी बेचबिखन गर्ने उद्देश्यले दलालहरूले लैजाने गरेको पाइएको छ,’ शाखा प्रवन्धक श्रेष्ठले भने, ‘ दिउँसो १० देखि ६ बजेसम्मको समयमा सबैभन्दा बढी महिला तथा बालवालिकाहरु उद्धार भएका छन् । विहान ६ देखि १० बजेसम्म २५ जना, बेलुका ६ देखि ९ बजेसम्म ४८ जनालाई उद्धार गरिएको छ ।’

चालु आर्थिक वर्षको मंसिर महिनामा बसैभन्दा बढी उद्धार गरिएको छ । मंसिरमा ३० जना, साउनमा १४, भदौमा १६, असोजमा ११, कार्तिकमा १०, पुसमा १७, माघमा २८, फागुनमा १५, चैतमा १४, वैशाखमा १३ जना र जेठमा १३ जना उद्धार गरिएको अभिलेखमा देखिन्छ । साना हातहरु नेपालले एकै पटकमा १० जनासम्म महिलालाई उद्धार गरिएकोछ ।

साना हातहरु नेपालले मोरङसहित १२ वटा जिल्लामा सीमा निगरानी परियोजना रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर