पूर्वाञ्चल खबर
लेटाङ घटनाका बारेमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले प्रहरी जवानको परिवारलाई न्याय दिने बताए ।
आइतबार स्थानीय विद्यालयका शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको विरोधमा भएको झडपका कारण प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । मन्त्री कार्कीले समाजलाई आक्रोशित र आतङ्कित बनाउने तत्त्वहरूले सरकारलाई गम्भीर बनाएको बताए ।
हिंसा भड्काउने, हिंसा बढाउने, हिंसा बढाउन उकास्ने जो कोही पनि कानूनी दायरामा आउँछन् । उनले भने, अनुसन्धानको क्रमजारी छ सफल अनुसन्धान हामी गछौं ।’
मन्त्री कार्कीले घटनामा घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिए । आज कोशी तथा नोबेल अस्पतालमा पुगेर घटनामा घाइते भएकाहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिए । बिरामीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिँदै मन्त्री कार्कीले घाइतेको उपचारमा सम्बन्धमा विशेष ख्याल गर्न आग्रह गरे ।