दीनबन्धु उषादेवी गोयलको ५० औं विवाह उत्सवको अवसर पारेर आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई एक महिनाको खाद्य सामाग्री वितरण गरेका हुन् ।
आश्रममा आज एक कार्यक्रम आयोजना गरि जागृति वृद्धाश्रमकी उपाध्यक्ष लक्ष्मी क्षेत्रीलाई समाजसेवी गोयलले प्रदान गरेको खाद्य सामाग्री वरिष्ठ पत्रकार मोहन भण्डारीले हस्तान्तरण गरेका थिए । पछिल्लो समय विवाह उत्सवमा रमाइलो गर्ने बहनामा फजुल खर्च गर्ने गरेका छन् । तर, समाजसेवी गोयलले सामाजिक कार्य अनुरूप आश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई महिना दिनसम्म पुग्ने खाद्य सामाग्री वितरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया