RUMPUM
animated ellipse animated ellipse

बावुको रहस्यमय मृत्यु, छोरा फरार

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ असार २०७७, मंगलवार १४:४५
3
Shares
शंकास्थप मृत्यु भएको विर्जु  टुडुको शव र घटना मुचुल्का उठाउँदै प्रहरी । तस्वीर ; खपू
विराटनगर / मोरङको जहदा गाउँपालिका – ५ सन्थाल बस्तीका ४० वर्षिय विर्जु टुडुको रहस्यमय मृत्यु भएको छ । निधारमा गहिरो चोट लागेको टुडुको आइतबार मृत्यु भएको हो ।

विर्जु  टुडुको शंकास्पद मृत्यु भएपछि उनको घरमा पुगेर प्रहरी टोली अनुसन्धान गर्दै । तस्वीर ; खपू

ट्याक्टर चालक रहेका टुडु शनिबार राती खानपिन गरेपछि सुतेका थिए । आइतबार विहान निधारमा गहिरो चोट लागेको टुडु अर्धचेत अवस्थामा फेला परेको श्रीमती शान्ति हेम्रनले बताइन् । विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचार गर्न लैजाने क्रममा टुडुको मृत्यु भएको परिवारको भनाई छ ।

टुडुको घरमा शनिबार कान्छी छोरी र ज्वाइसहित पाहुना आएका थिए । खानपिन गरेपछि कान्छी छोरी र ज्वाइ अर्को घरमा सुत्न गएका थिए भने बिरजु आफनै घरको खाटमा सुतेका थिए । श्रीमती र छोराछोरीहरू भुइमा सुतेका थिए ।

टुडुुको मृत्यु शंकास्पद देखिएकोले प्रहरीले अनुसन्धान सुरू गरेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । मृतक टुडु सुतेको खाटमा रगत पनि लतपतिएको देखिन्छ । ‘अघिल्लो दिन राम्रोसँग सुतेका मृतकको टाउँमा भोलीपल्ट गहिरो चोट देखिएको छ । घटना हेर्दा शकास्पद देखिन्छ,’ मोरङ प्रहरीका प्रमुख एसपी खड्काले भने, ‘प्रहरी टोली पठाएर घटनाको अनुन्धान सुरू गरिएको छ ।’ सोमबार दिउँसो घटनास्थलमा मोरङका प्रहरीका डिएसपी लोकदर्शन थापा, प्रहरी निरिक्षक मिलन थापासहितको सादा पोशाकका प्रहरी टोली पुगेर अनुसन्धान सुरू गरेको छ ।

टिनको जस्तापाता लगाएको झुप्रो घरको खाटमा सुतेका टुडुु अर्धचेत अवस्थामा फेला परेपछि १८ वर्षिय छोरा सकल टुडु फरार छन् । बावुको मृत्यु भएपछि अघिल्लो दिन भएको छोरा भोली पल्ट सम्पर्क विहीन हुनुले टुडुको मृत्यु शंकास्पद देखिएको अनुसन्धनामा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् । फरार भएका टुडुको खोजि कार्य प्रहरीले तिब्र बनाएको छ ।

टुडुको निधारमा धारिलो हतियार प्रयोग गरि हत्या गरिएको हुनसक्ने भएकोले प्रहरीले त्यही अनुसार अनुसन्धान अगाडी बढाएको छ । टुडुको शव पोष्मार्टम गरिन विराटनगरस्थित कोशी अस्पतालमा ल्याएको एसपी खड्काले बताए । पोस्मार्टम रिपोटपछि थप खुल्ने उनले बताए ।

मृतककी श्रीमती शान्ति श्रीमान खाटबाट लडेर उपचार गर्न लैजाने क्रममा मृत्यु भएको दाबी गर्दै आएकी छिन् । थप अनुसन्धान र सोधपुछको लागि प्रहरीले शान्तिलाई जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याएको छ ।
मृतक टुडुको श्रीमती शान्तिसहित दुई छोरी र एक जना छोरा हुन् । जेठी छोरी मनिषाको विवाह भएको छ भने कान्छी छोरी सपना र छोरा सकल अविवाहित हुन् ।

छानविन गरि सत्यतथ्य बाहिर ल्याउन माग
जहदा गाउँपालिका ५ सन्थाल बस्तीका स्थानिय र जनप्रतिनीहरूले विर्जु टुडुको रहस्यमय तरिकाले मृत्यु भएकोले घटनाको अनुसन्धान गरि सत्य तथ्य बाहिर ल्याउन माग राखेका छन् ।

जहदा गाउँपालिका ५ का वडाअध्यक्ष जगदिश सिंहले टुडुको मृत्यु शंकास्पद देखिएकोले प्रशासनले छानविन गरि दोषिलाई कडा कारबाही र यस घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर