RUMPUM
animated ellipse animated ellipse

विराटनगरका दुई अम्पायर नेपाल प्रिमियर लिग(एनपीएल) मा अम्पायरिङ गर्दै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ कार्तिक २०८३, आईतवार ०८:१९
3
Shares
विराटनगर/ विराटनगरका दुई जना क्रिकेट अम्पायर बुद्धिबहादुर प्रधान र कमलेश ठाकुर नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा अम्पायरिङ गर्दैछन्।

प्रधान नेपालको पहिलो अन्तराष्ट्रिय एम्पाय तथा आइसिसि प्यानका एम्पायर हसन भने ठाकुर राष्ट्रिय सतरका अन्तराष्ट्रिय एम्पाय हुन् ।

विराटनगरका दुई अम्पायरले जिम्मेवारी पाउनुले विराटनगरको क्रिकेट क्षेत्रका लागि खुशी र गौरवको विषय बनेको छ। नेपाल प्रिमियर लिग नेपाली क्रिकेटको महत्वपूर्ण प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ। यस प्रतियोगितामा क्रिकेटको सवौच संस्था आइसिस्लिे मान्यता दिएको छ । प्रतियोगितालाई व्यवस्थित, निष्पक्ष र मर्यादित रूपमा सञ्चालन गर्न खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीसँगै अम्पायरहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

विराटनगरका बुद्धिबहादुर प्रधान र कमलेश ठाकुरले अम्पायरिङको जिम्मेवारी सम्हाल्नु स्थानीय क्रिकेट क्षेत्रका लागि सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ। प्

पछिल्लो समय राष्ट्रिय स्तरका प्रतियोगितामा विराटनगरका खेलकर्मीहरूको सहभागिताले स्थानीय खेलकुद क्षेत्रको पहिचान बनाउँदै आएको छ ।
नेपाल प्रिमियर लिगजस्तो ठूलो प्रतियोगितामा अम्पायरिङ गर्ने अवसर प्राप्त गर्नु उनीहरूको व्यक्तिगत व्यावसायिक यात्राका लागि पनि महत्वपूर्ण अवसर हो। यसले विराटनगरमा क्रिकेट अम्पायरिङप्रति रुचि राख्ने नयाँ पुस्तालाई समेत प्रेरणा दिन सक्ने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर