AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेलकुद विकास बोर्डको उपाध्यक्षमा कार्की र सदस्य सचिवमा विवादित पृष्ठभूमिका वाग्ले

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ चैत्र २०७८, मंगलवार १६:२१
1.97k
Shares
विराटनगर / प्रदेश १ सरकारको मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश खेलकुद विकास बोर्डका पदाधिकारी नियुक्त गरेको छ ।

बोर्डको उपाध्यक्षमा उपाध्यक्ष जीना कार्की (मोरङ) र सदस्य सचिवमा विवादित पृष्ठभूमिका हंसराज वाग्ले (ओखलढुङ्गा)लाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश १ सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले बताए ।

सोमबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेश खेलकुद बोर्ड उपाध्यक्ष बाबा मेयाङ्बो र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतलाई पदमुक्त गरेको थियो । मेयाङ्बो र बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले गएको असोज २४ गते प्रदेश खेलकुद बोर्डको उपाध्यक्ष , सदस्यसचिव र सदस्यहरू नियुक्त गरेका थिए ।

प्रदेश १ सरकारले विवादित पृष्ठभूमि भएका पर्शुराम बस्नेतलाई हटाएर उस्तै पृष्ठभूमिका वाग्लेलाई नियुक्त गरेको छ । उनको पृष्ठभूमि भने विवादित रहेको छ । भलिबलका पूर्व राष्ट्रिय खेलाडी वाग्ले एकिकृत समाजवादीका ओखलढुंगा अध्यक्ष समेत हुन् ।

काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित अल्पाईन फुडल्याण्मा २०७२ सालमा चैत १४ गते जुवाखालबाट पक्राउ परेका उनी २०७५ पुस १७ गते नेपाली कांग्रेसका नेता तुलाराम दाहाललाई कुटपिट प्रकरणमा जोडिएका थिए ।

प्रदेशका समग्र युवाहरुलाई खेलकुदको क्षेत्रमा गोलवद्ध गर्ने जिम्मेवारी पाएका वाग्ले समेत निर्विवाद र स्वच्छ छवी भएका व्यक्ति नभएको भन्दै आलोचना सुरु भएको छ ।

सामाजिक विकास मन्त्री राजन राईले माघ अन्तिम साता मेयाङ्बो र बस्नेतलाई तीन दिने स्पष्टीकरण सोधेका थिए ।

उनीहरूले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनीहरूलाई मन्त्रीपरिषद्को बैठकले हटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर