RUMPUM
animated ellipse animated ellipse

विवेकशिलद्धारा २५ बुँदे प्रतिज्ञापत्र घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ बैशाख २०७९, आईतवार १७:०१
333
Shares
विराटनगर / विवेकशिल साझा पार्टीले विराटनगर महानगरपालिकाको प्रमुख र उप्रमुखका उम्मेदवारलाई साथमा राखेर २५ बुँदे प्रतिज्ञापत्र  घोषणा गरेका छन् ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरि प्रतिज्ञा पत्र घोषणा गरेका हुन् । विवेकशिलबाट विराटनगर महानगरपालिको प्रमुखमा अमलेशकुमार कर्ण र उप्रमुखमा श्रजु पराजुलीलाई उठाएको छ । उनीहरूले जारी गरेको प्रतिज्ञा पत्रमा नगर बस तथा नगर लिङ्क बस संचाल गर्नेदेखि फोहोर मैलाको बैज्ञानिक व्यवस्थापन गर्नेसम्म समावेश गरेको छ ।

गुणस्तरीय खानेपानीको व्यवस्था गर्ने, सुकुम्बासी समया समाधानका लागि संयुक्त आवासको पहल गर्ने, सम्पूर्ण वडा कार्यालयहरुमा निःशुल्क लेखापढी सेवा संचालन गर्ने युवाहरूलाई स्टार्टअप ब्यवसायकालागि १० लाख रुपैयँसम्म सहुलियत कर्जा उपलब्ध गराउने प्रतिज्ञा पत्रमा उल्लेख छ ।

यस्तै ज्येष्ठ नागरिकका लागि अनुभव संरक्षण शाखा बनाउने, नगरबस सञ्चालन गर्ने, चक्रपथ निर्माणलाई द्रुत गतिमा अघि बढाउने प्रतिज्ञापत्रमा उल्लेख गरेको विवेकशिल साझाले करको दायरालाई बढाउने, फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने, साइकलमैत्री सहर बनाउने, रात्रिकालीन व्यवसाय सञ्चालनको वातावरण सञ्चालन गर्ने लगायतका प्रतिज्ञा गरेको छ ।

कार्यक्रममा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आफ्नो पार्टीले जितेको स्थानिय तह पाँच वर्षमा नमूना क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर