AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भारतका पूर्व क्रिकेटर चौहानको निधन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३२ श्रावण २०७७, आईतवार २१:४२
1.19k
Shares
विराटनगर / भारतीय क्रिकेट टिमका पूर्व ओपनिङ ब्याट्सम्यान एवं उत्तर प्रदेशका मन्त्री चेतन चौहानको कोरोना भाइरसको संक्रमणबाट आज मृत्यु भएको छ ।

७३ वर्षीय चौहानलाई कोरोना संक्रमण भएपछि गत महिना दोस्रो साता अस्पतल भर्ना गरिएको थियो । शनिबार उनको अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो भने त्यसको एकदिनपछि नै उनको मृत्यु भएको हो ।चौहान खेलाडी हुँदा सुनिल गावास्करको ओपनिङ पार्टनरका रुपमा थिए । चौहानले भारतका लागि ४० टेष्ट र ७ ओडीआई म्याच खेलेका थिए ।

क्रिकेट करियरपछि उनी भारतीय जनता पार्टीबाट राजनीतिमा सक्रिए थिए । उनी योगी सरकारको क्याबिनेट मन्त्रीका रुपमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर