खबर पूर्वाञ्चल
मंगलबारे बजारमा साह लडेको देखेपछि स्थानियले प्रहरीलाई बखर गरेका थिए । विराटनगर ६ घर भएपनि साह विराटनगर १२ मा हिडडुल गर्दै आएका थिए । उनी एक्लै बस्दै आएको विराटनगर १२ का वडाअध्यक्ष हिरालाल कामतले जानकारी दिए ।
शरिरमा कुनै पनि चोटपटक नलागेकोले सीतलहरसँगै बढेको जाडोले कठ्याङग्रीएर मृत्यु भएको हुनसक्ने उनले बताए । घटनास्थलमा मोरङ प्रहरीको टोली पुगेर घटनाबारेमा अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । मृतक साहको पोस्मार्टम गर्न विराटनगरस्थित कोशी अस्पतलामा लगेको छ ।
तपाईको प्रतिक्रिया