animated ellipse animated ellipse

लैंगीक समानता तथा समावेशीकरण नीति बनाउनुपर्नेमा जोड

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ बैशाख २०८१, बिहीबार १७:३९
45
Shares
विराटनगर / स्थानीय तहले लैंगीक समानता तथा सामाजिक समावेशीकरण नीति बनाउनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरुले जोड दिएका छन् ।

दलित महिला केन्द्र नेपालले आज मोरङको सुन्दरहरैचा नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

उनीहरुले आउने नीति तथा कार्यक्रममा लैंगीक समानता तथा सामाजिक समावेशीकरण बनाएर अगाडी बढनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारीले आगामी आर्थिक वर्ष बनाउने नीति लैंगीक समानता र समाजिक समावेशीकरण बनाएर अगाडी बढने बताए ।

महिला तथा वङ्ञ्चतीकरणमा परेको वर्गको आर्थिक, समाजिक र शैक्षिक विकासको लागि नीति बनाएर अगाडी बढने उपाध्यक्ष अधिकारीले बताए । यसैगरी लेटाङ नगरपालिकाका उपाध्यक्ष कृष्णकुमारी पोखरेलले सबै तह, क्षेत्र, संरचना र कार्यक्रममा लैंगीक तथा सामाजिक समावेशीकरण नीति बनाएर अगाडी बढनुपर्नेमा जोड दिइन् ।

एक दिने तालिममा मोरङका ६ पालिकाका २० जनाको सहभागि रहेको दलित महिला केन्द्र नेपालकी कार्यक्रम संयोजक निलम ढुंङगानाले जानकारी दिइन् । उनका अनुसार लैंगीक समानता तथा सामाजिक समावेशी करण नीति बनाउने तालिम बुधबार सुनसरीमा पनि सम्पन्न भएको छ । शुक्रबार झापामा हुने उनले बताइन् । यो कार्यक्रम मोरङको कानेपोखरी, ग्रामनथान, कटहरी, रंगेली, केराबारी, बेलबारी, सुन्दरहरैचा र लेटाङ नागरपालिका गरी ९ वटा स्थानीय तहमा कार्यक्रम रहेको उनले बताइन् ।

उक्त तालिमको सहजिकरण प्रदेश योजना आयोगका पूर्व सदस्य नारायण कोइरालाले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर