खबर पूर्वाञ्चल
विराटनगर महानगरपालिका–७ स्थित प्रशासन रोडबाट सीमा सुरक्षा गुल्म रानीबाट खटिएको गस्ती टोलीले उक्त रकम बरामद गरेको हो ।
प्रहरीले स्रोत नखुलेको रकमसँगै विराटनगर १५ रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई नियन्त्रणमा लिएको छ । साहले प्रयोग गरेको को १९ प ४४३४ नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको सशस्त्रले जनाएको छ ।
प्रहरीले बरामद रकम तथा मोटरसाईकल र साहलाई आवश्यक छानविन तथा कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको जनाएको छ । बरामद भएको रकममा एक हजार दरको ८८५ थान, पाँच सय दरको १६९ थान, एक सय दरको ९०० थान, पचास दरको ५ थान, बिस दरको १२ थान र दश दरको नोट १ थान रहेको छ ।
साहले आफ्नो साथमा भएको रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया