आठ ट्रक सुपारीको मुद्दा अदालतमा भन्सार विभागले म्याद नबुझदा पेसी स¥यो, भदौ २ गतेलाई फेरी बोलायो छलफल

खबर पूर्वाञ्चल, ३१ श्रावण २०७९, मंगलवार १९:०४
162
Shares

विराटनगर / तेस्रो मुलकबाट आयत भएको सुपारीलाई नेपाली उत्पादन भन्दै भारत लैजाने क्रममा प्रहरीले बरामद गरेको आठ ट्रक सुपारी अदालतमा मुद्दा परेपछि जारी भएको म्याद सूचना भन्सार विभागले बुझन इन्कार गरेको छ ।

विपक्षी भन्सार विभागले म्याद तामेली नबुझेको कारण मंगलबारको लागि उच्च अदालत विराटनगरले तोकेको पेसी स्थगित भएको हो ।

पेशी स्थगित भएपछि उच्च अदालत विराटनगरका न्यायाधीशद्वय रामबहादुर थापा र मिलनकुमार राईको संयुक्त इजालशले अन्तरिम आदेशको छलफल २ भदौंको लागि तोक्ने आदेश गरेको रजिष्टार जितेन्द्रबाबु थपलियाले जानकारी दिए ।

म्याद बुझ्न इन्कार गरेका भन्सार विभाग प्रमुखलाई म्याद तामेलीमा बाधा अवरोध गरे कानुनअनुसार कारबाही गरिनेसमेत आदेशमा उल्लेख छ । ‘विपक्षीले अदालतबाट जारी भएको म्याद सूचना बुझिलिन इन्कार गरेउपर यस इजलासको गम्भीर ध्यानाकर्षण भएको छ,’ उच्च अदालतको आदेशमा भनिएको छ,’ ‘यसरी अदालतबाट जारी भएको म्याद सूचना बुझिलिन इन्कार गरेमा वा म्याद सूचना तामेलीमा बाधा अबरोध खडा गरेमा कानूनबमोजिम कारबाही हुन सक्ने व्यहोरा भन्सार विभाग प्रमुखलाई ध्यानाकर्षणसमेत गराई रितपूर्वक म्याद तामेली गरी नियमानुसार पेस गर्नू भनिएको छ ।’

यसअघि उच्च अदालत विराटनगरका न्यायाधीश मिलन कुमार राईको एकल इजालशले आइतबार पक्ष र विपक्ष दुवैलाई आगामी मंगलबार (साउन ३१ गते) छलफलका लागि उपस्थित हुन आदेश गरेको थियो ।

८ ट्रक सुपारीका निर्यातकर्ता विराटनगर–९ को मनकामना ट्रेडर्सका सञ्चालक नवीन घिमिरेले गत बिहीबार उत्प्रेषण परमादेश प्रतिषेध माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ, भन्सार विभाग, भन्सार कार्यालय विराटनगर र राजस्व अनुसन्धान कार्यालय इटहरीलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।

सुपारी कारोबारी दीपक पोखरेलको समूहले सरकारी कोटा प्राप्त गरी इन्डोनेसियाबाट आयात गरेको सुपारीलाई नेपालमा उत्पादन गरिएको भन्ने झुटो कागजात तयार गरेर भारत निर्यात गरिरहेका बेला ८ साउनमा मोरङ प्रहरीले ८ करोड ६३ लाख ८१ हजार ५ सय ६८ रुपैयाँ मूल्य बराबरको २ लाख १९ हजार ५ सय ९६ किलो सुपारी लोड भएको ८ वटा ट्रक प्रहरीले रानीबाट नियन्त्रणमा लिएको थियो ।

राजस्व अनुसन्धान विभागले आफ्ना निकायका कार्यालयले भारतीय भन्सारले लगाएको सिलबन्दीलाई खोल्न नसक्ने बताउँदै आएको छ । तेही भएर निर्यात गर्न लागिएको सुपारी अहिले राजस्व अनुसन्धान कार्यालय इटहरीको परिसरमै थन्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

KP
GREDED
PABSON BRT
खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५