पूर्वाञ्चल खबर
बाराको बम नहर रोड अन्तर्गत थलही पुलमा आज उनी सवार मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। अन्सारीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पुर्याइएको थियो। अस्पताल भर्ना गरिएका अन्सारीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। चिकित्सकहरूले उनको स्वास्थ्यको थप परीक्षण गरिरहेका छन्।
दुर्घटना भएको बम नहर रोडका पुलहरू अत्यन्तै जीर्ण र असुरक्षित रहेको स्थानीयले गुनासो गरेका छन्। पुलहरू खुल्ला र मर्मत नहुँदा बारम्बार दुर्घटना हुने गरे पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। यतिबेला सामाजिक सञ्जालमा क्रिकेटर अन्सारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खेलप्रेमी तथा शुभेच्छुकहरूले सन्देशहरू लेखिरहेका छन्।