AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

घरेलु हिंसामा महिलाको मृत्यु, श्रीमान् पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ असार २०८२, सोमबार १८:०६
81
Shares
सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका ५ मुसहरी टोलमा घरेलु हिंसाका कारण एक महिलाको मृत्यु भएको छ।

मृतक २४ वर्षीया ढलिसदा मुसहरको श्रीमान् ३० वर्षीय सोनिया मुसहरलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८२ चैत्र ७ गते राति ९ बजे मादक पदार्थ सेवन गरेका सोनिया मुसहरले आफ्नी श्रीमती ढलिसदासँग विवाद गर्दै कुटपिट गरेका थिए। कुटपिटबाट घाइते भएकी ढलिसदालाई घरमै राखिएको अवस्थामा भोलिपल्ट चैत्र ८ गते बिहान ९ ः२५ बजे मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

सूचना पाएलगत्तै प्रहरी चौकी भरौलबाट प्रहरी टोली घटनास्थलमा पुगेर अभियुक्त सोनिया मुसहरलाई नियन्त्रणमा लिएको छ। उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा लगेर थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ। घटनालाई लिएर प्रहरीले हत्याको अभियोगमा थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर