कोराना संक्रमणबाट झापामा एक महिलाको मृत्यु

खबर पूर्वाञ्चल, १२ चैत्र २०७७, बिहीबार १९:००

विराटनगर / झापामा कोराना संक्रमणका कारण आज एक महिलाको मृत्यु भएको छ ।

झापा जिल्ला स्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति जीवन चौलागाईंका अनुसार कन्काई नगरपालिका २ की ३९ वर्षीया महिलाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

चार दिन अघि उनलाई कोरोनाको संक्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनी केही दिन अघि भारतबाट फर्किएकी थिइन् ।

कोरानाको कारण पछिल्लो समय मृत्यु भएको यो पहिलो घटना समेत हो । सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार तीन महिलासहित चार जना नयाँ कोरानाको संक्रमित भेटिएको जनाएको छ ।

विराटनगर महानगरपालिका दुई, धरान उपमहानगरपालिका एक र एक जना प्रदेश वाहिरका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५