खबर पूर्वाञ्चल
उनले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवेश एवम् गोरखापत्र संस्थानको ६३ ओैं वार्षिकोत्सबको अवसरमा प्रदेश प्रकाशन कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताएका हुन्।
अरु अखवारले आफ्नो ब्यावसायिक लक्ष्य र उदेश्य प्राप्तिका लागि समाचार लेख्ने गरेको बताउँदै कोइरालाले गोरखापत्र दैनिकले नागरिक र समाज विकासको बारेमा लेख्ने गरेको बताए ।
नगरप्रमुख कोइरालाले गोरखापत्रले मात्र तीनै तहका सरकारको आवाज,विकास र गतिविधि लेख्ने गरेको चर्चा गर्दै लेखिएको सामग्रीलाई प्रभावकारी वितरणमा जोडदिन आग्रह गरे। गोरखापत्र नेपालीहरूको सम्पति भएको बताउँदै यो सम्पत्तिको संरक्षणको जिम्मेवारी महानगरको पनि भएको उल्लेख गरे। उनले घिनाघाट झोराहाट सडकबाट संस्थानको कार्यलयसम्म पुग्ने सडक स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने बचन दिए।
मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गोरखापत्रले आफ्नो प्रकाशनलाई डिजिटलाइट गरेर अझ प्रभावकारी बनाउन आग्रह गरे । सरकारी अखवारका आफ्नै समस्या होलान । तर ,पाठकले त्यो बुझ्दैनन। प्रजिअ यादवले वहुभाषिक पत्रिका र प्रादेशिक रुपमा प्रकाशन गर्नु सरकारी पत्रिकाको दायित्व भएको बताए। निजी क्षेत्रले यो काम गर्दैन किनकी उनीहरूको प्रमुख उदेश्य ब्यापार हो ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारीले गोरखापत्र दैनिक दक्षिण एशियामा छापा पत्रकारिताको अभिभावक भएको बताए।
कार्यक्रम माथि प्रकाश पार्दै निमित्त कार्यालय प्रमुख राजकुमार गुरुङले विराटनगर कार्यालयले मधेश र कोशी प्रदेशका जिल्लाहरूमा गोरखापत्र वितरण गरिरहेको बताए ।सरकारको लगानीमा रहेको पत्रिकालाई नागरिकको पत्रिका बनाउने उदेश्य अनुसार काम गरिरहेको बताउँदै गोरखापत्रको कसैसँग प्रतिस्पर्धा नरहेको बताए।
निमित्त प्रमुख राजकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पुर्वाधार विकास कार्यालय विराटनगरका प्रमुख सुशीलकुमार श्रेष्ठ र शहरी विकास कार्यालय विराटनगरका प्रमुख सुरेशप्रसाद साहलाई सम्मान गरिएको थियो ।