खबर पूर्वाञ्चल
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ प्रदेश स्तरीय स्तरीय मूल समारोह समितिद्वारा आयोजित ‘७५औँ राष्ट्रिय प्रजातन्त्र दिवस’ मूल समारोहमा आज सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री कार्कीले प्रदेश संरचनालाई बलियो बनाई समृद्ध हासिल गर्ने तर्फ सरकार क्रियाशील छ भन्दै प्रदेश सरकार स्थापना भएको सात वर्षमा उल्लेखनीय काम भएको जानकारी दिए । उनले भने, ‘ सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक व्यवस्थामा सुखी नेपाली र समृद्ध नेपाल बनाउने राष्ट्रिय आकांक्षालाई पूरा गर्न प्रदेश सरकार योजनाबद्ध अघि बढिरहेको छ ।’
मुख्यमन्त्री कार्कीले राष्ट्रिय पुँजी निर्माण गरी राष्ट्रलाई समुत्रत बनाउने भन्दै राष्ट्रिय आकांक्षा पूरा गर्न राजनीतिक दलहरुबीच सहमति, सहकार्य र एकता हुनु पर्ने बताए । उनले आम नागरिकलाई सुखी बनाउन र शान्तिसुरक्षा प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध छ भन्दै मुलुकलाई विकास र विकसित बनाउन निजी क्षेत्रसँग पनि सहकार्य गर्ने कुरामा जोड दिए ।
मुख्यमन्त्री कार्कीले मुलुकमा सङ्घीयता स्थापना भएपछि संविधानले कल्पना गरेको समाजवाद पूरा हुने भन्दै मुलुकमा प्रजातन्त्र स्थापना गर्न आफ्ना ज्यान बलिदान गर्नु हुने शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पन गरे ।।
कार्यक्रम अघि नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रसेवक कर्मचारी, विभित्र संघसंस्था, ब्रहम्कुमारी राजयोग सेवा केन्द्र, विभित्र जातजातिको संस्कृति झल्किने झाँकी सहितको ¥यालीले नगरपरिक्रमा गरेको थियो ।