AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दुई युवाले विराटनगरमा खोलेको तन्दुरी हाउस

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ श्रावण २०७८, आईतवार १८:०९
11.23k
Shares
विराटनगर / विराटनगरका दुई जना युवा मिलेर प्रदेश १ को राजधानी विराटनगरमा तन्दुरी हाउस खोलेका छन् ।

नारयण पासवान र जमाहीद अक्बरले विराटनगर – ९ रंगेली रोडमा ‘अल्फाम तन्दुरी हाउस’ आजदेखि संचालनमा ल्याएका हुन् ।

उक्त हाउसको उद्घाटन नेकपा माओवादी केन्द्र मोरङ सचिव गणेश उप्रेती सुशिलले गरे । विदेशमा सिकेको सिप स्वदेशमा तन्दुरीको क्षेत्रमा नयाँ स्वाद ग्राहकहरू पस्निे उद्देश्यले विराटनगरमा अल्फाम तन्दुरी हाउस खोलेको संचालक पासवानले जानकारी दिए । उक्त तन्दुरी हाउसले विशेषगरी नेपाली, ईन्डियन र चिनका परिकारहरु पनि पाइने पासवानको भनाई छ ।

अल्फाम तन्दुरी हाउसमा विशेषगरी चिकेन, मटनका विभिन्न परिकारको साथै भेज परिकारहरू पनि पाइन्छ । ‘स्तरीय परिकार खुवाउनु हरेक ग्राहकहरुलाई सन्तुष्ट पार्नु हाम्रो लक्ष्य हो र यसमा सफल पनि हुनेछौं,’ संचालक पासवानले भने, ‘त्यसैले ग्राहकहरुवाट सकारात्मक प्रतिक्रिया पाएका छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर